१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

कोभिड नियमको विरोधमा बेल्जियममा हजारौंको प्रदर्शन

कोभिड नियमको विरोधमा बेल्जियममा हजारौंको प्रदर्शन
अ अ+ अ-

एजेन्सी । कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् ।

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेको छ । 

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक भनी एएफपीका रिपोर्टरहरूले समाचारमा जनाएका छन् ।

प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको देखिएका बताइएको छ । प्रदर्शनमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डक्रु र कोभिडबाट सुरक्षाका लागि दिइएका पाससहित उपस्थित थिए ।
 
पोल्याण्ड, नेदरल्याण्ड्स र रोमानियाका झन्डाहरू भीडमा देख्न सकिन्थ्यो । 

उत्तरी फ्रान्सको लिलेबाट आएकी फ्रान्सस्का फनाराले भन्नुभयो, “सन् २०२० देखि जे भइरहेको छ, त्यसले मानिसहरूलाई भ्रष्टाचारबाट ब्यूँझाउन अनुमति दिएको छ । “म गलत नियमविरूद्ध प्रदर्शन गर्न आएको हुँ ।”

प्रदर्शनमा सहभागी पोर्चुगलका अडोल्फो बार्बोसाले नियन्त्रणका लागि घोषित नियमलाई मानव स्वास्थ्यका लागि भन्दै लादिएको तानाशाही शासन भएको बताउनुभयो ।