२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सा शिक्षामा पनि नक्कली परीक्षार्थी



अ+ अ-

काठमाडौ। चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत विहारका शशिभूषण सिंह र भारत विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीस्थित परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो ।

ब्यूरोले आज एक सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ । उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस