१९ माघ २०८१, शनिबार
,
Latest
एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताका आवाज सुनेन : नेता सिंह



अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाउनुभएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सिंहले सरकारले नारा र सपना मात्र बाँडेको दोषारोपण गर्नुभयो । 

पार्टी  पूर्वमहामन्त्री सिंहले सरकारले जनताका दुःखकष्टको आवाजलाई नसुनेको भनी चिन्ता व्यक्त गर्नुभयो । सरकारले परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रको हितलाई ध्यानमा नराखी कम्युनिष्ट पार्टीको हितलाई मात्र प्राथमिकता दिएको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका नाममा सीमा नाका बन्द गरी जनतालाई सास्ती भोग्नु परिरहेको अवस्थाप्रति तीनै तहका सरकार गम्भीर हुनु जरुरी छ भन्नुभयो ।