१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी



file photo
अ+ अ-

काठमाडौ । सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि अध्यादेश ल्याएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिसमा गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेबी  भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि अध्यादेश जारी गर्नुभएको हो । पटक पटक कुनै न कुनै सदस्य अनुपस्थित भएर लामो समय देखी सबैधानीक परिषद्को बैठक  बस्न सकेको छैन । 

बैठक बस्न नसक्दा बिभिन्न संबैधानीक निकायमा गरी ४५ वटा पदमा नियुक्तिको सिफरिस हुन सेकेको छैन ।  आईतबार बोलाईएको बैठकमा प्रम्ख प्रतिपक्षदलका नेता शेरबहादुर देउवा सहभागि नहुने भएपछि मंगलबार बिहान नौ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकले बैधानिकता पाउन सकेन । 

बैठक पुनः ५ बजे का लागि बोलाईएको छ। बैठक बस्नु अघि सरकारले नयाँ अध्यादेश जारी गरेको हो । परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र बिपक्षीदलका नेता सदस्य रहेका छन् ।