१९ माघ २०८१, शनिबार
,
Latest
एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी



file photo
अ+ अ-

काठमाडौ । सरकारले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि अध्यादेश ल्याएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिसमा गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेबी  भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि अध्यादेश जारी गर्नुभएको हो । पटक पटक कुनै न कुनै सदस्य अनुपस्थित भएर लामो समय देखी सबैधानीक परिषद्को बैठक  बस्न सकेको छैन । 

बैठक बस्न नसक्दा बिभिन्न संबैधानीक निकायमा गरी ४५ वटा पदमा नियुक्तिको सिफरिस हुन सेकेको छैन ।  आईतबार बोलाईएको बैठकमा प्रम्ख प्रतिपक्षदलका नेता शेरबहादुर देउवा सहभागि नहुने भएपछि मंगलबार बिहान नौ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकले बैधानिकता पाउन सकेन । 

बैठक पुनः ५ बजे का लागि बोलाईएको छ। बैठक बस्नु अघि सरकारले नयाँ अध्यादेश जारी गरेको हो । परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र बिपक्षीदलका नेता सदस्य रहेका छन् ।