२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

क्रिस्टल प्यालेसलाई लिभरपुलले हरायो, लेस्टर सिटी र ब्राइटनको बराबरी

क्रिस्टल प्यालेसलाई लिभरपुलले हरायो, लेस्टर सिटी र ब्राइटनको बराबरी
अ अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । 

आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा नै भ्यान डाइकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । 

३२ औं मिनेटमा एलेक्स वोक्सालेड चाम्बरलीनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । 

५५ औं मिनेटमा ओड्सन इडुआर्डले गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काए । तर, ८९ औं मिनेटमा पेनाल्टीमार्फत फाबिन्होले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । 

जितसँगै लिभरपुल २२ खेलबाट ४८ अंकसहित तालिकाको दोस्रो स्थानमा  छ । यता, प्यालेस समान खेलबाट २४ अंकसहित १३ औं स्थानमा छ । 

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी र ब्राइटनले बराबरी खेलेका छन् । 

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा १-१ गोलको बराबरी खेल्दै दुबै टिमले अंक बाँडे । 

खेलको ४६ औं मिनेटमा पास्टन डाकाले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यता ८२ औं मिनेटमा डेनी वेल्बेकले गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए । 

त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीपछि २२ खेलबाट ३० अंकसहित ब्राइटन नवौं स्थानमा छ भने २० खेलबाट २६ अकसहित लेस्टर १० औं स्थानमा छ ।