१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’
अ अ+ अ-

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । 

त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ । कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् ।

जिल्लमा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २०२ सङ्क्रमित थपिएका थिए ।

त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ३१  संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् । त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६  छन् । 

यसैगरी जिल्लमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ । यही माघ ८ गते एक सङ्क्रमितको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो ।