२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ: बाइडेन



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताउनुभएको छ । राष्ट्रलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको दौडबाट फिर्ता लिने आफ्नो निर्णय रहेको बताउनु भयो । आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविष्मरणीय रहने बताउनु भयो ।

आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भएपनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकतावद्ध गर्नु रहेको बताउनु भयो ।

बाइडेनले ११ मिनेटको भाषणमा अब अमेरिकीहरूले गर्ने निर्णयहरूले राष्ट्र र विश्वको भाग्य आगामी दशकहरूमा निर्धारण गर्ने बताउनु भयो । अझै पनि इमानदारी, शिष्टता, सम्मान, स्वतन्त्रता, न्याय र लोकतन्त्रमा विश्वास गर्नुपर्ने बताउनु भयो ।

बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारको रूपमा मनोनयन गर्न आफ्नो पूर्ण समर्थन रहेको बताउनु भयो । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटहरूलाई एकजुट हुन आग्रह गर्नुभयो ।