• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा कार्यालयमा बैठक केहिबेरअघि सुरू भएको हो ।

बैठकले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको छ ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले भारत अमेरिका लगायतका ११ वटा देशका राजदूत फिर्ता बोलाएर ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । तर सरकार फेरिएसँगै अघिल्लो सरकारले सिफारिस गरेका राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसअघि हिजो पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।