१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

धानबालीमा फेद कुहिने समस्या

धानबालीमा फेद कुहिने समस्या
अ अ+ अ-

बलेवा । धान रोपेको एक महिना भएको छैन । समयमै वर्षा भएकाले यस वर्ष यहाँका किसानले समयमै धान रोप्न पाए । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् ।

बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लालप्रसाद शर्माले बताउनुभयो । “धान गोड्ने समय हुँदै थियो, ढुसीजन्य रोग फैलिएर धानको फेद कुहिने र पात मर्ने समस्या देखिन थालेको छ”, शर्माले भन्नुभयो ।

हिउँदभरि खानपुग्ने अन्न उब्जाउन दु:ख गरेर रोपेको धानका गावा खाली हुँदै गएका छन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।

“यस वर्ष समयमै वर्षात् हुँदा रोपाइँ सकेर उम्किएका थियौँ, बागलुङ–१३ पैँयुपाटाका किसान मुक्तिराम शर्माले भन्नुभयो, “अहिले धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी थियौँ, रोपेको दुई साता नपुग्दै फेद कुहिने समस्याले सबै धान मर्न थालेपछि सोचेजस्तो धान उत्पादन हुने भएन ।”

रोग नियन्त्रणको उपाय खोजी भइरहेको उहाँले बताउनुभयो । उहाँले अधिकांशको पानीमा राखिएको बीउमा यो समस्या देखिएको बताउनुभयो । शर्माको झण्डै पाँच रोपनी खेतमा यो समस्या देखिएको छ ।

धानमा समस्या देखिएपछि नगरपालिकाले कृषि प्राविधिकसहितको टोली अनुसन्धानका लागि पठाएको छ । नगरपालिकाले तत्काल ढुसीजन्य रोग नियन्त्रणका लागि केही विषादी किसानलाई उपलब्ध गराएको बागलुङ–१३ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार नगरपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकको स्थलगत अनुगमनपश्चात् रोग नियन्त्रणका लागि गर्न सकिने प्रयासको थालनी गरिएको छ । नगरभित्र झण्डै दुई सय रोपनी क्षेत्रफलको खेतमा यो समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटा बताउनुहुन्छ ।

उहाँले यसको रोकथामका लागि किसानलाई ‘बेबिस्टिन’ नामक विषादी उपलब्ध गराइएको र खेतमा विषादी राख्ने काम भएको बताउनुभयो । “धानको फेद कुहिने समस्या नगरक्षेत्रका विभिन्न वडामा देखिएको छ”, सापकोटाले भन्नुभयो, “विशेषगरी स्थानीय जातका धानबाली, एक्ले, गुडुरा, खुमलटार र गौरीयालगायत धानमा यो समस्या बढी देखिएको छ ।”

उहाँले रोग नियन्त्रणका लागि किसानलाई खेतमा पानी सुकाएर औषधि प्रयोग गर्ने र एक सातामा एक दिनमात्र पानी लगाइ अन्य दिन सुक्खा राखेमा समस्याको समाधान हुने सापकोटाले बताउनुभयो । समयमा रोकथाम हुन नसकेमा प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा झण्डै ५० प्रतिशतको बीचमा गिरावट आउनसक्ने उहाँले बताउनुभयो ।

“रोगको प्रकोप समयमै नियन्त्रणमा लिनसके उत्पादनमा ठूलो गिरावट नआउला”, उहाँले भन्नुभयो । ढुसीजन्य रोगको प्रकोप पानीका माध्यमबाट सर्ने गर्दछ । विगत वर्षदेखि नै बागलुङका विभिन्न क्षेत्रमा यस प्रकारको समस्या देखा परिरहेको छ । धानबालीको फेद कुहिएको देख्नेबित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने गरेमा यो रोग अन्य बिरुवामा नसर्ने प्राविधिकहरु बताउँछन् । रासस