१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि राप्रपाले देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र र राजसंस्थाका लागि १२ पुसमा ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउने भएको छ ।

‘भ्रष्टाचार, धर्मपरिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको निमित्त पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ ।’ राप्रपा नेता मोहन श्रेष्ठले बताए । 

नेता श्रेष्ठका अनुसार राप्रपाले पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरहरूमा मोटरसाइकल र्‍याली गर्नेछ भने १५ देखि २५ पुसभित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने भएको छ । अध्यक्ष कमल थापाले बोलाएको पार्टी केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यो निर्णय गरेको हो ।