• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका



काठमाडौँ । संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट बनेको नयाँ सरकारको स्थायित्वबारे नागरिकले आशंका व्यक्त गरेका छन् ।

लामो समयदेखि प्रतिद्वन्द्वीका रूपमा परिचित यी दुई दलबीचको अप्रत्याशित मिलनबाट बनेको सरकारको स्थायित्वबारे आम नागरिकमा आशंका देखिएको हो । काँग्रेस र एमालेले असार १७ गते राति सत्ता साझेदारका रूपमा सहमति गरेसँगै नयाँ समीकरण बनेको थियो । जसप्रति आम नागरिक, व्यवसायी, राजनीतिकर्मी, शिक्षक–प्राध्यापकमा केही आशा पलाए पनि केही आशंका व्याप्त छ ।

कतिपय सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी हुनेमा विश्वस्त छन् भने कतिपयले यो गठबन्धनलाई ‘अवसरवादी’ र ‘अस्थिर’ भएको टिप्पणी गरेका छन् । विगतमा दुई कम्युनिस्ट पार्टी एक भई सरकारको नेतृत्व गर्दा समेत अपेक्षाकृत विकास नभएका कारण अहिले फरक विचारधारा भएका पार्टीबीचको गठबन्धनबाट खासै अपेक्षा नरहेको आम नागरिकको गुनासो छ ।

मुलुकमा हरेक चारदेखि ६ महिनामा सत्ता समिकरण परिवर्तन हुँदा राजनीतिक अस्थिरता थियो । राजनीतिक स्थायित्वका लागि दुई फरक विचारधारा बोकेका दलहरू एक हुनुपर्ने अवस्था आएको भन्दै काँग्रेस र एमालेले सत्ता सहर्काय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ । अघिल्ला सरकारबाट उद्योगी–व्यवसायीहरूलाई काम गर्ने वातावरण नबनेका कारण नवगठित सरकारले नीतिगत हिसावले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ ।

सरकार बनाउने र भत्काउने भन्दा पनि नवगठित सरकारले आम नागरिकको जीवनस्तर उकास्न लागिपर्नुपर्ने राजनीतिककर्मीको सुझाव छ । जनताको जीवनस्तर उकास्ने विषय भाषणमा मात्र सिमित बनाउनतिर नलाग्न र जनताले पत्याउने गरी काम गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का युवा नेता वसिम आलम बताउनु हुन्छ ।

दोस्रो संसदीय निर्वाचनपछि बन्दै गरेको सरकारमध्ये यो चौथो गठबन्धनको हो । यसअघि राजनतिक दलहरूले सत्ताका लागि हानाथाप गर्दा आम जनताले स्थायी सरकार पाउन सकेका थिएनन् । र अब दुई ठूला दलहरूले सत्ताको बागडोर सम्हाल्दा केही आशा र केही आशंकाको महशुस गरेको प्राध्यापक बताउँछन् । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको राजनीति विषयकी प्राध्यापक इन्दिरा प्रसाईं सैद्धान्तिक हिसावले वर्तमान सरकार सही ट्र्याकमा आएजस्तो देखिने बताउनु हुन्छ ।

राष्ट्रिय हितका लागि भन्दै बनेको गठबन्धनबाट बनेको नयाँ सरकारले आगामी दिनहरूमा कस्तो काम गर्छ । जनताको विश्वास जित्नसक्छ कि, सक्दैन भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्ने देखिन्छ ।