८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे सुनुवाई समितिले गरेन कुनै निर्णय, अर्को बैठकले निर्णय गर्ने

निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे सुनुवाई समितिले गरेन कुनै निर्णय, अर्को बैठकले निर्णय गर्ने
अ+ अ-

संघीय संसदको संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानको सुनुवाई सम्पन्न गरेको छ ।

संवैधानिक परिषद्बाट निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका प्रधानलाई बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाई गरिएको हो । बैठकमा उहाँले पदिय जिम्मेवारीमा रहँदा आफूले गर्ने भावी योजना सम्बन्धी अवधारणा तथा कार्ययोजना प्रश्तुत गर्नुभएको थियो । उहाँले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि विभिन्न ५ बुँदामा सुधारको कार्ययोजना प्रश्तुत गर्नुभएको थियो ।

उहाँले निर्वाचन आयोगको संस्थागत सुदृढीकरण, क्षमता विकासदेखि सूचना प्रविधि तथा राजनीतिक दलको दर्ता र नियमनलाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो । ती कार्ययोजना पूरा गर्नका लागि अवलम्वन गर्ने क्रियाकलापलाई उहाँले १२ बुँदामा प्रश्तुत गर्नुभएको थियो । प्रश्तुत कार्ययोजना कार्यान्वयनका लागि निर्वाचन प्रणाालीमा सुधार तथा राजनीतिक दलको आन्तरिक लोकतान्त्रिकरणमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले  निर्वाचनलाई मितव्ययी बनाई खर्चलाई पारदर्शी बनाउने लगायतका कार्ययोजनाहरु पनि प्रश्तुत गर्नुभएको थियो । प्रधानले आफू आयुक्तमा नियुक्त हुँदा स्थानीय तहमार्फत मतदाता दर्ता तथा अद्यावधिक कार्य प्रारम्भ गरिहाल्ने बताउनुभएको थियो । त्यस्तै स्थानीय तहका अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख र वडाध्यक्ष समेतका रिक्त पदहरूमा उपनिर्वाचनको लागि आवश्यक पहल र तयारी  गर्ने, निर्वाचन कानूनहरूको पुनरावलोकन गरी नेपाल सरकार समक्ष पेश भएको एकीकृत कानून विधायिकाबाट पारित गराउन आवश्यक समन्वय गर्ने र निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग गर्ने कार्यको बिस्तार गरी विद्युतीय मतदान उपकरण प्रयोग सम्बन्धी वहस, छलफल, तालिम र आवश्यक वातावरणको तयारी तत्कालै गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले निर्वाचनमा मितव्ययीता तथा निर्वाचन व्यवस्थापन सुधार सम्बन्धमा निरन्तर संवाद, छलफल, अन्तरक्रिया, अध्ययन अनुसन्धान गरी संरचनागत, नीतिगत एवं कानूनी सुधारतर्फ पहल गर्ने बताउनुभएको थियो । त्यसैगरी आयोगको समग्र विषय समेटिएको समीक्षा प्रतिवेदन तयार गरी दीर्घकालिन सोचसहित चौथो पञ्चवर्षीय रणनीतिक योजना तयारी र कार्यान्वयन प्रारम्भ गर्ने लगायतका विभिन्न कामहरु तत्कालै गर्ने उहाँको योजनामा समेटिएको थियो ।

यसैबीच उहाँले समितिमा आफू विरुद्ध परेको उजुरीको भने प्रतिवाद गर्नुभएको छ । कानूनी रुपमा समाधान भईसकेको विषय भएकाले आफूले कानूनले र्निदिष्ट गरे अनुसार गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले उजुरीकै आधारमा कसैलाई दोषी प्रमाणित गर्ने हो भने समाजको अवस्था के होला भनी सांसदहरुलाई प्रतिप्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभयो – ‘उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो कि होइन भन्ने हो भने हामी यो समाजमा सबै नागरिकहरुले कसरी हामी व्यवस्थापन गर्नसक्छौँ ? त्यो पनि म निवेदन गर्न चाहन्छु । उजुरीको आधारमा नैतिक चरित्र हो कि होइन भनेर प्रश्न गर्ने, निर्णय गर्ने तहमा पुग्ने स्वतन्त्रता दिने हो भने भोलिको समाज कहाँ पुग्ला ?’  

समितिका सदस्यहरुले प्रधानविरुद्ध परेका उजुरीका बारेमा स्पष्ट पार्न आग्रह गरेका थिए । नेपाली काँग्रेसका सांसद जीवन परियारले अदालति मिलापत्रको पत्र पढेर सुनाउँदै सही वा गलत के भएको हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो पत्र आधिकारिक हो कि होइन ? यसमा कृष्णमान प्रधानको के छ भनाई ? २०८० साल भाद्र २९ गते एउटा पत्र प्राप्त भएको छ । यदि यो पत्र आधिकारिक होइन भने यसको प्रमाणित कपि पनि माग्नुपर्छ होला । हामीलाई उजुरीसहित प्राप्त भएको पत्र हो यो ।’

त्यसैगरी नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले समितिमा परेको उजुरीको कानूनी पक्ष भन्दा बाहिर रहेर व्यवहारिक रुपमा आफूलाई उपयुक्त पात्र भएको प्रमाणित गर्न चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो कानुनी प्रश्नको पाटो एकातिर होला । तर सामाजिक र नैतिक प्रश्न यो हो कि होइन ? संवैधानिक पदाधिकारीका लागि उच्च नैतिकतायुक्त हुनुपर्छ भनेर संविधान स्वयंले भनेको अवस्थामा त्यो चिजले तपाईलाई हामीले अनुमोदन गर्दा यो समितिले ठिक गरेको हुन्छ कि हुँदैन ?’

त्यसैगरी नेकपा(माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले चरित्रको मापन यौन मात्रै हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो – ‘मानव सभ्यताको दृष्टिकोणबाट हेर्दा चरित्रलाई निर्धारण गर्ने कुरा के हो ? केवल यौन मात्रै हो ? या अरु पाटा÷पक्षहरु पनि त्यसका हुन्छन् ? यो एउटा छलफल, वहसकै विषय होला । त्यसैले हाम्रो समाज कति सभ्य छ र कति सभ्य बन्न प्रक्रियाबाट अगाडी बढिराखेको छ, यो समिक्षा, अध्ययनको विषय होला । तपाईमाथि जो ढंगले एउटा गम्भीर आरोप जे उठेको छ । यो गल्ती तपाईले नै गर्नुभएको हो अथवा के हो ? यसको सामना यसको उत्तर तपाईले कसरी दिनुहुन्छ ?’ 

प्रधानको सुनुवाईपछि समितिको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । —न्युज एजेन्सी नेपाल