१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, अध्यादेश फिर्ता लिन सक्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक अगाडि साँझ ५:३० संवैधानिक परिषद बैठक पुन: बोलाएका छन्। 

प्रधानमन्त्री ओलीले अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार निर्णयका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो।  

अध्यादेश विवादमा परेपछि बुधबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए। 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेपश्चात प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्तागर्ने सहमति जनाएका थिए।