• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ? ★   प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान ★   यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार ★   नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं जिल्ला अदालतबाट आ.व.२०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट



काठमाडौँ । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट गरेको छ ।

बुधवार जिल्ला अदालत काठमाडौंलै पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । अदालतले आर्थिक वर्ष २०८०/०८१ मा ४६।७४ प्रतिशत मुद्दा फछ्र्यौट भएको जनाएको छ । त्यस्तै अदालतमा आर्थिक वर्ष २०८०/०८१ मा २८ हजार ५५८ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १५ हजार ५२८ मुद्दा फछ्र्यौट भएका थिए भने १८ हजार ८४५ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/०८१ बाट फछ्र्यौट हुन बाँकी मुद्दा २६ हजार ५३६ रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा २१ हजार २८५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले आर्थिक वर्ष २०७९/०८०मा जिम्मेवारी सरी आएको ३ हजार १५ ९जम्मा लागतको ८.१९ प्रतिशत० रहेको र यस आ।व।मा १ हजार ८८६ (जम्मा लगतको ३.७८ प्रतिशत) र यस वर्षको दुई वर्षे मुद्दा फैसला संख्या ६ हजार ५५८ रहेको बताउनु भयो । उहाँले यस आ।व।मा ५७ वटा प्यारोलका निवेदनहरु पेश भएको पनि बताउनु भयो । उहाँकाअनुसार यस आ।व।मा बैंकिङ कसुरतर्फ ७ हजार ९५७, सम्बन्ध बिच्छेद ४ हजार ४६६, चेक अनादर ३ हजार ८७०, लेनदेन २ हजार ६६४, अंश १ हजार ५१२, चोरी तथा डाका सम्बन्धी कसुर ८३८, लागुऔषध ४९९, ठगी, अपराधिक विश्वासघात ४८९, करणी सम्बन्धी कसुर २९६, ज्यान सम्बन्धी कसुर १९६ वटा मुद्दा दर्ता भएका छन् । पारिवारिक इजलासबाट अदालतमा सुनुवाई हुने मुददमा जम्मा लगत १ हजार १७९, फछ्र्यौट ५५४ र बाँकी ६२६ रहेका छन् । त्यस्तै बाल इजलासबाट सुनुवाई हुने मुद्दा जम्मा लगत ९२७, फछ्र्यौट ७६० र चालु १६७ रहेका छन् ।

अदालतबाट सुधार गरिएका प्रयासमा २ वर्ष पुराना मुद्दाहरु मात्र रहने गरी छुट्टै डेडिकेटेड अभियान फाँटहरु (अभियान ७ देखि अभियान १६ सम्म) स्थापना भई उक्त फाँटहरुका मुद्दाहरुको छुट्टै डेटिकेटेड इजलासहरुबाट सुनुवाई हुने गरी व्यवस्था, गोला प्रणालीलाई विहान १०.१५ सम्ममा सम्पन्न गरी १०.३० अगावै कजलिष्ट प्रकाश गर्ने र तत्पश्चात समयमै इजलास बस्ने गरी इजलासको समय व्यवस्थापनमा सुधार गरिएको बताइएको छ । सबै न्यायाधीशहरुको कार्यविभाजन गरी प्रत्येक न्यायाधीशलाई एक एक वटा फाँट मिसिल निरीक्षणको अनुगमन गर्ने जिम्मेवारी वाडफाँड गरिएको, काठमाडौं जिल्ला अदालतको पेशी व्यवस्थापन नीति पारित गरी तदनुरुप पेशी व्यवस्थापन गर्न फाँटहरुलाई निर्देशन दिइएको, फाँटका कर्मचारीहरुसँग समय समयमा बैठक गरी फाँटको मुद्दा व्यवस्थापनमा सुधार गर्न पहल गरिएको बताइएको छ ।

तामेलदारहरुसँग बैठक गरी म्याद तामेली प्रकृयालाई छिटो छरितो बनाउने पहल गरिएको, चैत्र महिनालाई अभियान महिनाको रुपमा घोषणा गरी न्यायाधीश तथा तथा कर्मचारीहरुले विदाको दिन तथा बिहान बेलुका अतिरिक्त समयमा तोकिएको फाँटको निरन्तर मिसिल निरीक्षण गरिएको, कतिपय मुद्दामा वेन्चबाट नै छोटो तारेख तोक्ने निर्देशन दिइएको, न्यायाधीशहरु बिदामा बस्दा समेत उपस्थित न्यायाधीशले एक भन्दा बढी फौट हेर्ने गरी फाँट स्थगित नहुने व्यवस्था मिलाइएको अदालतले जनाएको छ ।