१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काठमाडौं जिल्ला अदालतबाट आ.व.२०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट

काठमाडौं जिल्ला अदालतबाट आ.व.२०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट
अ अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८०/०८१ मा २३ हजार २९१ वटा मुद्दा फछ्र्यौट गरेको छ ।

बुधवार जिल्ला अदालत काठमाडौंलै पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । अदालतले आर्थिक वर्ष २०८०/०८१ मा ४६।७४ प्रतिशत मुद्दा फछ्र्यौट भएको जनाएको छ । त्यस्तै अदालतमा आर्थिक वर्ष २०८०/०८१ मा २८ हजार ५५८ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १५ हजार ५२८ मुद्दा फछ्र्यौट भएका थिए भने १८ हजार ८४५ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/०८१ बाट फछ्र्यौट हुन बाँकी मुद्दा २६ हजार ५३६ रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा २१ हजार २८५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले आर्थिक वर्ष २०७९/०८०मा जिम्मेवारी सरी आएको ३ हजार १५ ९जम्मा लागतको ८.१९ प्रतिशत० रहेको र यस आ।व।मा १ हजार ८८६ (जम्मा लगतको ३.७८ प्रतिशत) र यस वर्षको दुई वर्षे मुद्दा फैसला संख्या ६ हजार ५५८ रहेको बताउनु भयो । उहाँले यस आ।व।मा ५७ वटा प्यारोलका निवेदनहरु पेश भएको पनि बताउनु भयो । उहाँकाअनुसार यस आ।व।मा बैंकिङ कसुरतर्फ ७ हजार ९५७, सम्बन्ध बिच्छेद ४ हजार ४६६, चेक अनादर ३ हजार ८७०, लेनदेन २ हजार ६६४, अंश १ हजार ५१२, चोरी तथा डाका सम्बन्धी कसुर ८३८, लागुऔषध ४९९, ठगी, अपराधिक विश्वासघात ४८९, करणी सम्बन्धी कसुर २९६, ज्यान सम्बन्धी कसुर १९६ वटा मुद्दा दर्ता भएका छन् । पारिवारिक इजलासबाट अदालतमा सुनुवाई हुने मुददमा जम्मा लगत १ हजार १७९, फछ्र्यौट ५५४ र बाँकी ६२६ रहेका छन् । त्यस्तै बाल इजलासबाट सुनुवाई हुने मुद्दा जम्मा लगत ९२७, फछ्र्यौट ७६० र चालु १६७ रहेका छन् ।

अदालतबाट सुधार गरिएका प्रयासमा २ वर्ष पुराना मुद्दाहरु मात्र रहने गरी छुट्टै डेडिकेटेड अभियान फाँटहरु (अभियान ७ देखि अभियान १६ सम्म) स्थापना भई उक्त फाँटहरुका मुद्दाहरुको छुट्टै डेटिकेटेड इजलासहरुबाट सुनुवाई हुने गरी व्यवस्था, गोला प्रणालीलाई विहान १०.१५ सम्ममा सम्पन्न गरी १०.३० अगावै कजलिष्ट प्रकाश गर्ने र तत्पश्चात समयमै इजलास बस्ने गरी इजलासको समय व्यवस्थापनमा सुधार गरिएको बताइएको छ । सबै न्यायाधीशहरुको कार्यविभाजन गरी प्रत्येक न्यायाधीशलाई एक एक वटा फाँट मिसिल निरीक्षणको अनुगमन गर्ने जिम्मेवारी वाडफाँड गरिएको, काठमाडौं जिल्ला अदालतको पेशी व्यवस्थापन नीति पारित गरी तदनुरुप पेशी व्यवस्थापन गर्न फाँटहरुलाई निर्देशन दिइएको, फाँटका कर्मचारीहरुसँग समय समयमा बैठक गरी फाँटको मुद्दा व्यवस्थापनमा सुधार गर्न पहल गरिएको बताइएको छ ।

तामेलदारहरुसँग बैठक गरी म्याद तामेली प्रकृयालाई छिटो छरितो बनाउने पहल गरिएको, चैत्र महिनालाई अभियान महिनाको रुपमा घोषणा गरी न्यायाधीश तथा तथा कर्मचारीहरुले विदाको दिन तथा बिहान बेलुका अतिरिक्त समयमा तोकिएको फाँटको निरन्तर मिसिल निरीक्षण गरिएको, कतिपय मुद्दामा वेन्चबाट नै छोटो तारेख तोक्ने निर्देशन दिइएको, न्यायाधीशहरु बिदामा बस्दा समेत उपस्थित न्यायाधीशले एक भन्दा बढी फौट हेर्ने गरी फाँट स्थगित नहुने व्यवस्था मिलाइएको अदालतले जनाएको छ ।