• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ? ★   प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौं: राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ”, उहाँले भन्नुभयो, “नेपाल आदिकालदेखि दक्षिण एशियामा एकमात्र स्वतन्त्र राष्ट्र रहन सफल मुलुक हो, अभिशप्त इतिहास मात्र होइन नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाईएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रुपमा राखेर विश्वमा प्रचार गर्न आवश्यक छ ।”

उहाँले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र, त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । “हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिकिकरण गराउने तथा सामाजिक सुधारका कार्य अन्र्तगत कैयौ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिनुभएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । “भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सक्यो”, उहाँले भन्नुभयो ।

विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको उहाँको भनाइ थियो ।

अनेकतामा एकता र भौगोलिक विविधता हाम्रो मौलिकपन हो भन्नुभयो । “ यही मौलिकपनले सदियौदेखि हामीबीच राष्ट्रप्रेमको भावनालाई जागृत र जीवन्त बनाउँदै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय एकताको जगमानै जनचाहनाअनुरुप उत्पादन, रोजगारी र सुशासन कायम गरी हामीले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अझ सुदृढ र व्यवस्थित गरी आर्थिक रुपमा समृद्ध र विकसित नेपाल निर्माण गर्नेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।

नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाको लागि योगदान पु¥याउनुभएका राष्ट्रवादी एवम् स्वाभिमानी राष्ट्रसेवकको स्मृतिमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले पुरस्कार एवम् सम्मानको व्यवस्था गरेर उदारणीय कार्य गरेको उहाँको भनाइ थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई एक लाख एक हजार एक सय ११ रुपैया राशिसहितसहितको सम्मान एवम् पुरस्कार प्रदान गर्नुभयो ।