१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा एमालेबाट कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?



अ+ अ-

हेटौंडा । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा पठाउने मन्त्री र उनीहरुको मन्त्रालय टुंगो लगाएको छ ।

मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो ।

एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने भएको छ ।

त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए ।

बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् ।