१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद



अ+ अ-

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया विभाग प्रमुख जीवन पराजुली लगायतको टिम पुगेका थिए।

आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्‍याएको थियो। सो अवसरमा अभिनेत्री वर्षा सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने बताउँदै चलचित्र रिलिजको सम्मुखमा आशीर्वाद लिनको लागि महायज्ञमा सहभागी भएको बताइन्। उनले सो महायज्ञकी कथा वाचिका राधिका दासको जीवन सङ्घर्ष तथा जीवन दर्शनको विचारहरूबाट आफू निकै प्रभावित रहेको जनाइन्। उनले महायज्ञलाई सफल बनाउन सबैले पवित्र मन र उद्देश्यबाट प्रेरित रहेको जिकिर गरिन्।

कलाकार कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको चलचित्रलाई आशीर्वाद लिन आएको बताए। सो अवसरमा नेपालले एक भजन गाउँदै उपस्थितलाई भक्ति भावलाई झुमाएका थिए। महायज्ञमा सहभागी अभिनेता अमर प्रताप श्रेष्ठले आफूले पहिलो पटक अभिनय गरेको चलचित्रलाई सफल बनाउन आफूले प्रार्थना गरेको प्रतिक्रिया दिए।

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ।

चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।