• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमा सम्पन्न हुनेगरी अगाडी बढेको छ: प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्ष भित्रै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताउनुभएको हो ।

उहाँले सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको जानकारी दिनुभयो । उहाँले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तिय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘एमसीसी सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्नेगरी कार्ययोजना स्वीकृत भई सोही अनुसार कार्य अगाडी बढेको छ । आयोजनाको सबस्टेशन निर्माणको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । ट्रान्समिशन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ । बाँकी काम तिब्र रुपमा अगाडी बढेको छ । एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ । प्रस्तुत आयोजना सम्पन्न भएपश्चात् नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने समेत जानकारी गराउन चाहन्छु ।’

उहाँले एमसीसी परियोजनामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने तथा सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने बताउनु भयो ।