१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल निर्माण गर्नुपर्छः योगेशकुमार भट्टराई



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धि कानून तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उहाँको तर्क थियो ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव भट्टराईले राजनीतिलाई पारदर्शी बनाउन, साथै स्वच्छता निर्माण गर्न र न्यायसम्मत ढंगले काम कारबाही अघि बढाउन पनि सरकारले सो कानून निर्माणका ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले सो कानुन नेपाल कानून आयोगले बनाएर कानून मन्त्रालयमा बुझाएको उल्लेख गर्दै उहाँले त्यसलाई तत्काल संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘आज म यो स्वार्थको द्वन्द्व सम्बन्धि कानून निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सभामुख महोदय, सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले र उनीहरुको पेशा जोडिएको विषयमा विगत समयदेखि पटक पटक यस्ता विषय उठिराखेका छन । राजनीतिक नेतृत्व, सांसद, मन्त्री, प्रधानमन्त्री, संवैधानिक निकाय, सुरक्षा निकाय, न्यायाधीशलगायतको बारेमा पनि यो कुरा उठेको छ ।

के गर्न हुने, के गर्न नहुने, कस्तो विषयमा नियुक्ति लिन हुने, कस्तो विषयमा नहुने रु यस्ता विषय गम्भिरताका साथ उठेका छन । नेपाल भ्रष्टाचार सम्बन्धि संयुक्त राष्ट्र संघको महासन्धिको पक्ष राष्ट्र हो । हालै सर्वोच्च अदालतले पनि द्वन्द्व सम्बन्धि कानून निर्माण गर्न निर्देशन गरेको छ ।

त्यसकारण यी तमाम विषयहरुको सम्बोधन गर्न राजनीतिलाई पारदर्शी बनाउन, साथै स्वच्छता निर्माण गर्न र न्यायसम्मत ढंगले काम कारबाही अघि बढाउन स्वार्थको द्वन्द्व सम्बन्धि कानून नेपाल कानून आयोगले बनाएर कानून मन्त्रालयमा बुझाएको छ । त्यो कानूनलाई यथाशिघ्र संसदमा पेश गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’

सचिव भट्टराईले रानजीतिक नेतृत्व समेत स्वार्थको बन्दी बनेकाले पनि त्यसको नियमन गर्न सो कानून निर्माण गर्न अति आवश्यक भएको बताउनु भयो ।