८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

पुष्पलालको जन्मथलोमा यसरी मनाईयो स्मृति दिवस

पुष्पलालको जन्मथलोमा यसरी मनाईयो स्मृति दिवस
अ+ अ-

रामेछाप । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ ।

नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, राणा शासन विरुद्धको आन्दोलनको सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछापको मन्थली स्थिति तीनलाल पार्कमा रहेको उहाँहरूको प्रतिमामा सोमबार बिहान माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेकपा एमाले मन्थली नगरपालिका कमिटीको आयोजनामा भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले देश परिवर्तनको काम एक्लैले सम्भव नहुने बताउनुभयो । त्यसैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले राजतन्त्र फाल्न कांग्रेस र कम्युनिष्ट मिल्नु पर्छ भनेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले पुष्पलाल दूरदर्शी नेता भएको बताउँदै पुष्पलाले भोलिको समेत प्रष्ट दृष्टिकोण राख्ने गरेको शाक्यले बताउनुभयो । पार्टी नेता प्रधान होइन नीति प्रधान हुनुपर्ने बताउँदै शाक्यले पुष्पलालको मूल धारणा नै त्यही भएको प्रष्ट पार्नुभयो ।

पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकोले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको शाक्यले बताउनुभयो । ‘कतै गणतन्त्र माथि नै प्रश्न नउठोस्, अप्ठेरो नआओस्, नेपाली जनता बिदेसिन बाध्य नहुन्, देशमा स्थायित्व, सुशासन र समृद्धिको यात्रा कायम गर्न सकियो हामीले हाम्रै कालमा नेपाललाई समृद्ध मूलक बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।

अहिलेको सरकारलाई नकारात्मक रूपबाट भन्दा पनि सकारात्मक रूपबाट हेर्न र सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उहाँको धारणा छ ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिले ठुला पार्टी मिलेर सरकार बनेको बताउँदै उहाँले अब अलमलिन जरुरी नरहेको बताउनुभयो । एक अर्कामा अन्तर्विरोध सिर्जना गर्ने, आलोचन गर्ने भन्दा पनि देशको समृद्धि, देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिइन् । जसरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठले देश र लोकतन्त्रको लागि जीवन दिनुभयो त्यसैगरि सबै लाग्ने हो देशले चाँडै मुहार फेर्ने उहाँको दाबी छ । ‘नेपाललाई, समृद्ध, सुशासनयुक्त गणतान्त्रिक मुलुक हो भनेर विश्वलाई चिनाउन सक्छौँ, त्यो काम गर्ने बेला आएको छ’, शाक्यले भन्नुभयो ।

पुष्पलालको स्मृति दिवस मनाउँदा माला मात्र लगाएर नहुने बताउँदै उहाँले पुष्पलालको जीवनशैलीबाट के कुरा सिक्न सक्छौँ भन्ने कुरा प्रमुख भएको बताउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायत पदाधिकारी तथा सदस्यहरू, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका पदाधिकारी तथा सदस्य, जनसंगठनका नेताहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।