१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस मनाईदै



अ+ अ-

काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस ।

उहाँको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल प्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीले पुष्पलालको विचार सही सावित भएको उल्लेख गर्नुभएको छ ।

पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापित गर्ने लक्ष्य लिनुभएको प्रधानमन्त्रीले जनाउनुभएको छ । निरंकुशर राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर लड्नु पर्ने पुष्पलालको विचार सहि सावित भएको उहाँले उल्लेख  गर्नुभएको छ ।

ओलीले लेख्नु भएको छ, ‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो, निरंकुश राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेसले मिलेर संयुक जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो, मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा ।’