८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले प्रतिक्रिया दिनुभएको छ ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँहरुले वर्तमान राज्यसत्तामा सरकारको राम्रो पकड भएकाले राष्ट्रियता, आर्थिक अनुशासन कायम र सुशासन प्रवर्द्धन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका नेता योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति तथा अरु दलको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारका अगाडि अर्थतन्त्रलाई सकरात्मक दिशा दिने, लगानीको वातावरण बनाउने र रोजगारीको अवसर बढाउने ऐतिहासिक कार्यभार र दायित्व रहेको बताउनुभयो ।

विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै रहने वातावरण बनाउनेलगायतका केही मुख्य जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, “असाधारण ढङ्गले असाधारण काम गर्नका लागि हामी एक ठाउँमा आएका हौँ ।”

नेता भट्टराईले देशभित्र जनतामा आत्मविश्वास बढाउने, दलकाबीचमा सहमति निर्माण गर्ने गरी संविधानको पुनरावलोकन र समिक्षा गर्दै आवश्यक परेमा संशोधन समेत गर्ने समेत दायित्व रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले आजको वर्तमान परिस्थितीलाई ध्यानमा राखी मुलुक र जनहितमा उठेको प्रश्न र समस्या समाधान गर्नेतर्फ नयाँ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “विश्वासको मत लिने सिलसिलामा सदनमा आफूले राखेका कुरालाई सम्बोधन गरी सबैलाई विश्वासमा लिएर अघि बढने विषयलाई ख्याल गर्नूपर्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिनुपर्छ ।”

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा राजनीतिक अस्थिरता हटाउन साना दलको समेत सहभागितामा गठन भएका सरकारमा लोकतन्त्रप्रतिको गहिरो सम्मान र प्रतिबद्धता रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा लोकतन्त्र स्थापनाका लागि जतिपनि भएका आन्दोलनको नेतृत्व गरेको राजनीतिक परिवर्तन आन्दोलनको नेतृत्व गरेका प्रमुख दलबीचको सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिमा गुणात्मक अन्तर आउँछ ।”

नयाँ सरकार गठन भएसँगै अर्थतन्त्र चलायमान हुने तथा निजी क्षेत्रको आत्मविश्वास बढ्ने सङ्केत देखिएको बताउँदै नेता महतले भन्नुभयो, “वर्तमान सरकार सफल हुन्छ । चुनौती धेरै छन्, त्यसलाई पन्छ्याउन धेरै मेहनत र समन्वयका साथ काम गर्नुपर्छ अनि जनताको आशा विश्वासमा परिणत हुन्छ ।”

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेत्री एवमं पूर्वमन्त्री रेखा शर्माले सरकारले गर्ने कामको गुण र दोषका आधारमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चगमनमा जाने कुरालाई समर्थन गर्दैनौ । त्यसको डटेर मुकाबिला गर्छौ । सकारात्मक काममा रचनात्मक सहयोग गर्छौ ।” रासस