• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित ★   प्रतिनिधिसभाको बैठक सुरु, सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै ★   सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ: भूमि मन्त्री अधिकारी ★   धोबीखोलाले बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो ★   आज माओवादीले सदन अवरोध नगर्ने, प्रधानमन्त्रीलाई बोल्न दिने ★   राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित ★   चर्चामा चलचित्र ‘ज्वाइँ साब’ ★   धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर ★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने ★   सुनको मूल्यमा नयाँ कीर्तिमान

मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित



काठमाडौँ । नेपालले रसियासँगको मैत्रीपूर्ण भलिबलमा आइतबार सोझो सेटमा हार व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोलीसँग सहजै नतिजा सुम्पिएको हो । काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो ।

तर शारीरिक रूपमा बलियो रसियासँग नेपालले राम्रो चुनौती दिन सकेन । रसियाले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा भने नेपाल पाहुना टोलीलाई चुनौती दिन सफल भयो ।

दोस्रो सेटमा एक समय नेपालले १८–१६ ले अग्रता लिएको थियो । तर नेपालले रिसिभमा लगातार गल्ती गरेपछि रसियाले यो सेट पनि सहजै आफ्नो बनायो । सेटमा नेपालले एक अंक जोड्दा रसियाले लगातार सात अंक जोड्यो । यो सेट पनि रसियाले २५–१९ ले आफ्नो बनायो । तेस्रो तथा निर्णायक सेटमा भने नेपालको सुरुआत निकै खराब रह्यो ।

रसियाले ५–१ को अग्रता लिँदा नेपालले कुनै समय पनि चुनौती दिन सकेन ।

पाहुना टोलीले फराकिलो अग्रता बनाउँदै अन्तिमसम्म दबाब बनायो । यो सेट पाहुनाले टोलीले २५–१५ ले सहजै आफ्ना बनाउँदै मैत्रीपूर्ण खेलमा सुखद सुरुआत ग¥यो । यी दुई बीच दोस्रो मैत्रीपूर्ण खेल सोमवार नै हुनेछ ।