२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसँग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा राजदुत थम्सनले मन्त्री गुरुङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपुर्ण मन्त्रालय भएको बताउदै राजदुत थम्सनले नेपालको सम्बृद्दिकालागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनु भयो ।

राजदुत थम्सनले प्रकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पुर्व जानकारीका साथै खोज तथा उद्दार गर्न सकिने भन्दै अमेरिका नेपालको साईवर सुरक्षा, पर्यटन सूचनालगायको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेशजान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनु भयो ।

भेटमा मन्त्री गुरुङ्गले वर्तमान सरकारको लक्ष्यनै शान्ती र सम्बृद्दि रहेको जानकारी गराउदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासंग सहकार्य गर्न तयार रहेको बताउनु भयो । प्राकृतिक विपत्तिबाट नेपाल पिडित भएको जानकारी गराउदै मन्त्री गुरुङ्गले पर्वतारोहणका क्रममा हुने उद्दार तथा खोजमा सञ्‍चार सम्पर्क आवश्यक रहेको बताउनु भयो ।

नेपालले सञ्‍चार क्षेत्रमा ठुलो फड्को मारेको बताउदै मन्त्री गुरुङ्गले यो पर्याप्त नभएको र सञ्‍चार क्षेत्रलाई आय आर्जन र रोजगारीसंग जोड्नु पर्ने बताउनु भयो । युवा शक्ति पलायत मुलुकको चुनौति भएको बताउदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउदै त्यसकालागि अमेरिकासंग सहकार्य हुन सक्ने उहाँले बताउनु भयो ।