१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गसँग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा राजदुत थम्सनले मन्त्री गुरुङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपुर्ण मन्त्रालय भएको बताउदै राजदुत थम्सनले नेपालको सम्बृद्दिकालागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनु भयो ।

राजदुत थम्सनले प्रकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पुर्व जानकारीका साथै खोज तथा उद्दार गर्न सकिने भन्दै अमेरिका नेपालको साईवर सुरक्षा, पर्यटन सूचनालगायको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेशजान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनु भयो ।

भेटमा मन्त्री गुरुङ्गले वर्तमान सरकारको लक्ष्यनै शान्ती र सम्बृद्दि रहेको जानकारी गराउदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासंग सहकार्य गर्न तयार रहेको बताउनु भयो । प्राकृतिक विपत्तिबाट नेपाल पिडित भएको जानकारी गराउदै मन्त्री गुरुङ्गले पर्वतारोहणका क्रममा हुने उद्दार तथा खोजमा सञ्‍चार सम्पर्क आवश्यक रहेको बताउनु भयो ।

नेपालले सञ्‍चार क्षेत्रमा ठुलो फड्को मारेको बताउदै मन्त्री गुरुङ्गले यो पर्याप्त नभएको र सञ्‍चार क्षेत्रलाई आय आर्जन र रोजगारीसंग जोड्नु पर्ने बताउनु भयो । युवा शक्ति पलायत मुलुकको चुनौति भएको बताउदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउदै त्यसकालागि अमेरिकासंग सहकार्य हुन सक्ने उहाँले बताउनु भयो ।