८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

संविधान पूर्ण छैन, सबै मिलेर संशोधन गरौँः सांसद महतो

संविधान पूर्ण छैन, सबै मिलेर संशोधन गरौँः सांसद महतो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले संविधान पूर्ण रुपमा नरहेकाले संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान पूर्ण नरहेकाले संशोधन गरेर जानुपर्ने बताउनु भयो ।

उहाँले अहिले संविधान संशोधनको बेला आएको भन्दै सबै राजनीतिक दल मिलेर जनतालाई माथि राखेर संशोधन गरेर जानुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख भएको मौलिक अधिकार अझै पूरा नगर्नुले जनतामा निराशा छाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो संविधानमा उल्लेख भएको मौलिक अधिकारभित्र पर्ने जुन अधिकार छ, जनताको । के जनताले पायो त आजसम्म । उसले वच्छ खानेपानी पाउनसक्यो रु स्वास्थ्य, शिक्षामा के सुधार गरेका छौँ । कृषकलाई सिंचाई, समयमा खादमल दिनसक्छौँ । जनतालाई दिनप्रतिदिन चाहिने कुरा हामीले दिनसकेका छैनौँ, त्यतिबेला आएर हाम्रो देशको जिडिपी यति बढाउनेछौँ, यतिलाई रोजगारी सिर्जना गर्नेछौँ भन्ने भ्रम होइन ? आज हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ ।

यो संविधान बनाउने बेलादेखि नै बिरोध गरिरहेका छौँ । यो संविधान पूर्ण रुपमा आएको छैन, यसलाई संशोधन गर्नुपर्छ भन्ने मुद्दा त राखेका नै छौँ । अहिले मौका आएको छ, सबै मिलौँ, पार्टी भन्दा माथि उठेर जनतालाई संविधानमा संशोधन गरेर अघि बढौँ ।’

सांसद महतोले ठूला विकासका कुरा पछि गरेर जनतालाई चाहिने न्युनतम आवश्यकता पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।