• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo

संविधान पूर्ण छैन, सबै मिलेर संशोधन गरौँः सांसद महतो



काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले संविधान पूर्ण रुपमा नरहेकाले संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान पूर्ण नरहेकाले संशोधन गरेर जानुपर्ने बताउनु भयो ।

उहाँले अहिले संविधान संशोधनको बेला आएको भन्दै सबै राजनीतिक दल मिलेर जनतालाई माथि राखेर संशोधन गरेर जानुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख भएको मौलिक अधिकार अझै पूरा नगर्नुले जनतामा निराशा छाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो संविधानमा उल्लेख भएको मौलिक अधिकारभित्र पर्ने जुन अधिकार छ, जनताको । के जनताले पायो त आजसम्म । उसले वच्छ खानेपानी पाउनसक्यो रु स्वास्थ्य, शिक्षामा के सुधार गरेका छौँ । कृषकलाई सिंचाई, समयमा खादमल दिनसक्छौँ । जनतालाई दिनप्रतिदिन चाहिने कुरा हामीले दिनसकेका छैनौँ, त्यतिबेला आएर हाम्रो देशको जिडिपी यति बढाउनेछौँ, यतिलाई रोजगारी सिर्जना गर्नेछौँ भन्ने भ्रम होइन ? आज हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ ।

यो संविधान बनाउने बेलादेखि नै बिरोध गरिरहेका छौँ । यो संविधान पूर्ण रुपमा आएको छैन, यसलाई संशोधन गर्नुपर्छ भन्ने मुद्दा त राखेका नै छौँ । अहिले मौका आएको छ, सबै मिलौँ, पार्टी भन्दा माथि उठेर जनतालाई संविधानमा संशोधन गरेर अघि बढौँ ।’

सांसद महतोले ठूला विकासका कुरा पछि गरेर जनतालाई चाहिने न्युनतम आवश्यकता पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।