१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले हुन्ः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताउनुभएको छ ।

आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताउनुभएको हो । उहाँले गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिव दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताउनु भयो । उहाँले काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताउनु भयो । उहाँले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले मुलुकमा स्थिरता नहुनु,समावेशी,समानुपातिकमा साना दलहरु होइनन् । दुई दलहरुको क्रियाकलाप मुख्य हुन् । साना दलहरुलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ । साना लोभ देखाएर फाउँदैसँगै बसाउनु हुन्छ । चलखेल तपाईहरु गर्नुहुन्छ । गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिव दुई तिहाई मत ल्याएको होइन । किन पाँच वर्ष सरकार चलेन । काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन । साना दल र समानुपातिको समस्या होइन । काँग्रेस र एमालेको प्रवृत्ति र चरित्र हो । संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । निर्वाचन,नियुक्ती प्रणालीमा सुधार गर्नु छ । न्यायलयमा कारिदा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुँदैन ।’

उहाँले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल