• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   चर्चामा चलचित्र ‘ज्वाइँ साब’ ★   धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर ★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी ★   नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन ★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका हुन् ।

बैठकपछि बोल्दै माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले भने, ‘संसदीय दलले राजीनामा दिन सुझाव दिएको छ । दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नु हुनेछ’।

यसअघि जम्कट्टेलले विश्वासको मत लिने निर्णय गरेका थिए । जसको लागि कार्यव्यवस्था परामर्श समितिले विश्वासको मत लिने कार्यसूची समेत बनाएको थियो ।

बागमतीमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।