• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकले पार्टीका सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको छ ।

यस्तै, बैठकले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने निष्कर्ष निकालेको उनले जनाए । उनले भने, ‘यो गठबन्धन लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो । विपक्षी मोर्चा बनाउँदैनौं ।’

प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।