• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर ★   पृथ्वीले पायो १० मिटरको फुच्चे चन्द्रमा, २ महिना पृथ्वीको परिक्रमा गरेपछि सूर्यतर्फ फर्किने ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी ★   नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन ★   केराखेतीबाट वार्षिक १४ लाख आम्दानी ★   राजनीतिका कारण फिल्मी दुनियाँ छाड्दै विजय ★   दलहरुले चुपचुप संविधान संशोधन गर्ने होइन, समाजका सबै पक्षसँग छलफल चलाएर मात्रै गर्नुपर्छ: माधव नेपाल ★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै ★   कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि

केदारनाथ जाने बाटोमा ढुंगा खसेर लाग्दा ३ श्रद्धालुको मृत्यु, ८ घाइते



उत्तराखण्ड । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको केदारनाथ तीर्थस्थलमा ढुंगा खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको छ । यस दुर्घटनामा ८ जना घाइते भएका छन् ।

गौरीकुण्डबाट ३ किलोमिटर टाढा चिरवासामा बनेको फुटपाथ हुँदै केदारनाथ धामतर्फ जाँदै गरेका तीर्थयात्रीलाई बिहान ७ः३० बजे ढुंगाले लागेको थियो ।

दुर्घटनाको जानकारी रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापनका नन्दनसिंह राजवारले दिएका छन् । मारिएकाहरु कहाँका थिए भन्ने जानकारी भने खुल्न सकेको छैन । यद्यपि एनडीआरएफ टोलीले राहत र उद्धार कार्य सुरु गरिसकेका छन् ।

मौसम विभागले आगामी ४८ घण्टामा उत्तराखण्डमा भारी वर्षा हुने चेतावनी दिएको छ । कुमाउ क्षेत्रका लागि रेड अलर्ट र गढवाल क्षेत्रमा पहेंलो अलर्ट जारी गरिएको छ ।

जुलाई २१ मा चम्पावत, नैनीताल र उधम सिंह नगरमा रेड अलर्ट जारी गरिएको छ । जबकि पौरी, पिथौरागढ, बागेश्वर र अल्मोडामा ओरेन्ज अलर्ट जारी गरिएको छ । यसबाहेक देहरादूनसहित राज्यका अन्य जिल्लाहरूमा भारी वर्षाको सन्दर्भमा पहेंलो चेतावनी जारी गरिएको छ ।