८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

काँग्रेस–एमालेबीचको लिखित सहमति कार्यान्वयन हुँदैन कि भन्ने संसयबाट मुक्त हुनुपर्छः गगन थापा

काँग्रेस–एमालेबीचको लिखित सहमति कार्यान्वयन हुँदैन कि भन्ने संसयबाट मुक्त हुनुपर्छः गगन थापा
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।

महामन्त्री थापाले असार ६ गते (भोलि)प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संसय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताउनु भयो ।

जय नेपाल फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुइ पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संसय रहेको जिकिर गर्नुभयो ।

उहाँले काँग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउदै एमाले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको रियालिटी के हो भने नेपाली काँग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो याक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले किन गर्यौँ ? भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकी उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोली राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दाखेरी, संसदमा आफ्नो विचार राख्दै गर्दाखेरी यतिवटा बुँदामा नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो ।

सात बुदाको बीचमा भनिरहेको छ । अव यो सात बुदा के हो भन्ने बारे भोली त्यहाँ पढेर सुनाउनु पर्छ भन्ने म ठान्दछु । किन ? हामीले त पढ्यौं त्यसलाई । पढेकै आधारमा हामीले पार्टी भित्र निर्णय ग¥यौं । तर त्यो पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तिमा त्यसको मर्यादा राखौं भन्ने सोच्यौं । र, स्वयं त्यसको एउटा हस्ताक्षरकर्ता आफै प्रधानमन्त्री बन्नु भएको हुनाले उहाँको जिम्मेवारी पनि हो । अवसर पनि हो । र मलाई त्यो विश्वास पनि छ । त्यसैको आधारमा हामीले २, ३ वटा कुरा गर्नुपर्ने छन् । पहिलो कुरा हामीले स्थिरता दिने भन्यौ ।

किनभने नेपालमा सरकारहरु एकदमै बदलिए । अब हामी दुईवटा मिलेपछि २०८४ सालसम्म हामी तलमाथि गर्दैनौं भन्यौ । र त्यसमा हामीले स्पष्टसँग के भनेका छौ भने एउटा चरणसम्म नेकपा एमालेका अध्यक्षको नेतृत्वमा सरकार रहन्छ । त्यसपछि नेपाली काँग्रेसका सभापतिको नेतृत्वमा सरकार रहन्छ ।

अव यसो मनमा कुरा गर्ने हो भने सबैको मनमा संसय छ । अहिले हामीले भाषणमा एउटा कुरा भन्यौ भने पनि यसो बाहिर एउटा कोठामा निस्केपछि अनि छोडछ त भोली भनेको बेलामा ? ठयाक्क हुन्छ त ? सबैको मनमा छ । हुन्छ होला त भन्छ । संसदमा ताली ठोकी राख्ने मनमा पनि खै, हुने को कि नहुने हो ? भन्न त भनेका छन । किनकी एकले अर्कोलाई यति पटक ढाँटिसकिएको छ । उसले उसलाई ढाँटेको छ । उसले उसलाई ढाँटेको छ । उसले उसलाई छक्क्याएको छ । म त त्यो पार्लियामेन्टको यसो बस्दैगर्दाखेरी मेरै आँखा अगाडि अहिले हस्ताक्षर गर्ने मानिसहरुको एकले अर्कालाई ढाँटेको गन्ने हो भने १५, १६ पटक पुग्दो रहेछ । अनि झुक्किँदो रहेछ, पहिले उसले मलाई ढाँटेको कि मैले उसलाई भनेर ।

यो स्थितिमा हामीहरु दुईटा पार्टी यहाँ आएको स्थिति छ । अब यो तहको अविश्वास, हस्ताक्षर गर्नेमा पनि अविश्वास छ । त्यो हस्ताक्षर गरेको निर्णय ठिक छ भन्नेबीच पनि अविश्वास छ । हप्ता, दुई हप्तामा आएर प्रचण्डजीले हामी ठिक छौं भन्ने जुन परिस्थिति बनेको थियो । पहिलो कुरा यो सरकार अथवा हाम्रो बीचको यो समझदारी सबै संसयहरुबाट मुक्त हुनुपर्छ ।

नेपाली काँग्रेसको तर्फबाट हामी यो कुरामा निर्धक्कताका साथ भन्न सकिन्छ । म पार्टीकै जिम्मा लिएर भन्न सक्छु कि अहिले नेकपा एमालेसँग हामीले लिहाम्रा कारणले गर्दाखेरी त्यो समझदारी कहीँ पनि तलमाथि हुँदैन । अहिले २ वर्ष नेकपा एमालेका अध्यक्षज्युको नेतृत्वमा सरकार चलाउने भनेर जुन भनिएको छ । हाम्रो कारणले, हामीेले चकचक गरेर, हामीले लोभ गरेर, यता उता हात लम्काएर यो दुई वर्ष उहाँले सरकार चलाउने कुराको सन्दर्भमा कही पनि हाम्रो कारणले तलमाथि हुँदैन । यो कुरा कुरा हामीले फेरी पछिल्लो समय प्रमाणित गरेर आएका छौं ।

तपाईहरुले सम्झनु भएको नै होला । ओलीजीले केही समय अघि प्रचण्डजीलाई विश्वासको मत दिने बेलामा संसदको रोष्टममा उभिएर हाम्रो सभापतितर्फ देखाउँदै तपाई र मबीच कुरा पनि गर्न नहुने भनेर भन्नुभएको सन्दर्भ एउटा उहाँको भाषा हो । मेरो भाषा होइन । तपाईहरुले त्यो पक्कै पनि सम्झनु भएको छ । त्यसको आशय के थियो भने उहाँले प्रचण्डसँग लिखित सहमती गरेकाले त्यसपछि पछि हटन सक्दिन । यो पटक पनि त्यही हो । अहिले चाँही प्रचण्डजीले अलि बढी माया प्रेम हामीतिर देखाउनु भयो । यस्तो चलिराख्छ त्यहाँ भित्र । त्यसकारण यसमा नेपाली काँग्रेस कुनै अलमलमा पर्दैन ।

नेपाली काँग्रेसले यो पटक जे लिखित समझदारी गरेको छ । त्यसमा तलमाथि केही पनि गर्दैन । यस्तै अपेक्षा हामी नेकपा एमालेबाट पनि गर्र्छौ । यो नेताहरुप्रति विश्वासनीयताको ठूलो परीक्षा छ यस पटक । काँग्रेस एमाले बीच जुन हस्ताक्षर गरिएको छ–सरकार आलोपालो चलाउने, यो गर्ने उ गर्ने भनेर भन्ने कुार छ । यो तलमाथि हुँदै गर्दाखेरी यो अन्तिम भनेपनि हुन्छ ।

पार्टी भित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ । ओलीजी अध्यक्ष रहनुभएको एमाले छ । उहाँहरुले हस्ताक्षर गर्नुभएको हो यो । उहाँहरु एक अर्काबीच यति धेरै धोकाधडी भईसकेको छ कि मानिसहरुको मनमा संसय छ । तर यो उहाँहरुले प्रमाणित गर्नु पर्छ । काँग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौ । नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो ।’

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले काँग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।

उहाँले आफू भने एमाले माओवादीसहितका दलहरु मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभएपनि दाहाल स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली काँग्रेसले एउटा निर्णय गरेको छ–यो यो कारणले गर्दा हामी नेपाल कम्युनिष्ट पार्टी (एमाले) जो हाम्रो संसदको प्रतिस्पर्धी पनि हो । हाम्रो जत्तिकै साईज भएको अर्को दल पनि हो । जो सँग भोली हामीले प्रतिस्पर्धा पनि गर्नुपर्नेछ । आज विशिष्ट भएकाले हामी सत्ताको साझेदारी गर्छौंं भनेर निर्णय गरेका कुरा भन्ने मात्रै होइन, त्यो गरेको कुरालाई पुष्टि गर्ने काम पनि हाम्रो हो । म त माओवादी र एमाले मिलिसकेपछि माओवादी, एमाले, घण्टीमण्टी सबै मिलेर सरकार चलाउन अहिले । २०७४ सालसम्म हामी थपक्क प्रतिपक्षमा बस्नुपर्छ भन्ने नै मेरो सोच थियो । मेरो सोच पनि त्यही थियो । र त्यही सोच अनुसार हिँड्छ भन्ने पनि थियो । त्यो बाटो हिँडोस भन्ने पनि थियो ।

मज्जाले २०८४ सम्म प्रतिपक्षमा नै बसौं । उहाँहरुले नै सरकार चलाउनुस् हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गरौं, जनताको मुद्दासँग जोडिऔं । यस्तो अवस्था बनाउकी हामी कोहीसँग पनि नटासिकन अरु सबै टाँसिएर, जोडिएर एउटै भएछन् भने पनि त्यसलाई परास्त गर्न सक्ने पार्टी सांगठानिक, वैचारिक तागत निर्माण गर्नु पर्छ भन्ने नै मेरो आफ्नो सोचाई थियो । तर एउटा यस्तो परिस्थिति बन्यो, यो परिस्थितिको बारेमा भोली अरु कुराहरु पनि पटाक्षेप हुँदै जालान । तर मलाई अहिले म जिम्मेवारीमा भएको हुँदा नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने, नेताहरुको विषयवस्तुलाई पनि नजिकबाट हेर्ने अवसर प्राप्त गरेँ, गरिराखेको छु । त्यसको आधारमा म के भन्न सक्छु भने अहिले पछिल्लो समयमा म सबैलाई सधैभरी झुक्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपाल्नुभएको भए अहिले यतिखेर सरकारहरु बदलेर नयाँ सरकार बन्दैन थियो ।

पुष्पकमल दाहाल नेकपा माओवादीको अध्यक्षको एकदमै धरै बढी चकचकको कारणले गर्दाखेरी नै एउटा यो परिस्थिति निर्माण भयो । यो परिस्थिति आयो । यो परिस्थितिमा काँग्रेस र एमालेको बीचमा एउटा साझेदारी निर्माण भयो ।’

महामन्त्री थापाले दुई ठूला दलहरुको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमति कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गर्नुभयो ।