८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

संसद विघटन : अब के हुन्छ ?

संसद विघटन : अब के हुन्छ ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाको बाहुल्यता रहेकै संसद विघटनको प्रस्ताव गरेका छन् । उनको प्रस्ताव मौखिक मात्र होइन कि मन्त्रिपरिषदबाट सिफारिश नै गरेर राष्ट्रपतिसमक्ष पठाइकेका छन् । प्रधानमन्त्रीले अनायासै र संविधानले आफूलाई स्वविवेकीय अधिकारै नदिएको झिनो हाँगोलाई टेकेर जसरी संसद विघटनको प्रस्ताव गरेका छन् त्यसपछिको राजनीतिक तरंग अति तातो र तरल बन्दैछ । यतिखेर मुलुकका राजनीतिक दलहरुका साथै नागरिक जीवनका विभिन्न क्षेत्र र पेशाका नागरिकको ध्यान राष्ट्रपतितिर तानिएको छ । 

गएको वर्षदिनभन्दा लामो समयदेखि मुलुकको राष्ट्रपति संस्था विवादमै रुमलिएको छ । चार दिनमात्र अघि पनि यस्तै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर विवादमा तानिएको राष्ट्रपति संस्था यतिखेर पुनः विवादको सतहमा आउने देखिएको छ । किनभने प्रधानमन्त्रीले विघटन गर्न भनी सिफारिश गरेको संसद अब राष्ट्रपतिको हातबाट विघटन हुन्छ कि हुदैन रु यही सेरोफेरोमा अबका केही क्षणमात्र नभएर सम्भवत केही दिनको राजनीतिक घुम्न सक्दछ । 

तर राष्ट्रपतिले सीधै संसद विघटन नगर्न पनि सक्ने सम्भावना भने छ नै । किनभने देश यतिखेर महामारीजन्य जटिलताका कारण निकै अप्ठेरो अवस्थाबाट गुज्रिएको छ । यस्तो अवस्थामा छँदाखाँदाको स्पष्ट बहुमत भएको र आफ्नै पार्टीको संसद विघटन गर्न प्रधानमन्त्री ओली किन तयार भएका हुन् र यसको भित्री मक्सद पार्टीको आन्तरिक विवादबाहेक खरु केही छ कि छैन भनेर पनि खोज्नुपर्ने अवस्था आएको छ । तर मुलुकको राजनीतिलाई त्यतातर्फ लैजाने या नलैजाने भन्ने कुरा राष्ट्रपतिकै हातमा रहनेछ । 

हुनत प्रधानमन्त्रीले अर्थात् सरकारले जेजस्तो सिफारिश गरिदियो त्यसमा लालमोहर प्रदान गर्ने मात्र काम भएको छ राष्ट्रपतिको पछिल्लो समयलाई हेर्दा । तर यहाँनेर भने उनले विवेक पुर्याउन पनि सक्छिन् । किनभने देशको अहिलेको महामारी तथा अरु विभिन्न जटिलताका कारण पनि अहिले देशलाई चुनावमा पठाइहाल्नुपर्ने अवस्था भने देखिँदैन । त्यसैले यसको विकल्पको बाटो राष्ट्रपतिजस्तो संस्थाले लिइदिन सके देश, दल र सबैलाई राम्रो हुने देखिन्छ । अभिभावकीय संस्थाले गर्नुपर्ने यो एउटा प्रमुख कार्य पनि हो । कुनै पनि मुलुकको राज्यप्रमुख भनेको अभिभावक हो र यस्तो संस्थाको भूमिका मुलुकलाई यस्तै अप्ठेरो परेको अवस्थामा महत्वपूर्ण हुन्छ । 

यसका लागि राष्ट्रपतिले पहिलो कुरो त सर्वोच्च अदालतको राय लिन सक्छिन् । उनले सर्वोच्चको एक विशेष जुरीमार्फत अहिले मुलुकको संसद विघटन गर्नु उचित हुन्छ कि हुदैन र यसको कानुनी अर्थात् वैधानिक वैधता छ कि छैन भनेर खोजी गर्न सक्छिन् । सर्वोच्चले दिने रायलाई उनले प्रधानमन्त्रीको सिफारिशका विरुद्धमा पनि जाँच गर्न सक्छिन् । त्यसै बमोजिम नै उनले विघटनको प्रक्रियालाई टुंग्याउन सक्छिन् । 

अर्को कुरा उनले सत्तारुढ दलकै राय र अरु विपक्षी दलहरुको राय पनि बुझ्न सक्छिन् । यसलाई पनि राष्ट्रपति जस्तो संस्थाले राजनीतिक रायका रुपमा प्रयोग गर्न सक्छिन् । यो मतका आधारमा पनि यदि देशको समय परिस्थितिका आधारमा संसद विघटन गर्नुपर्ने अवस्था देखिएन भने यसैका आधारमा पनि निर्णय लिन सक्नेछिन् ।