• १५ भाद्र २०८१, शनिबार
  •      Sat Aug 31 2024
  •   Unicode
Logo

राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक: उद्योगमन्त्री भण्डारी



काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले मुलुमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउन सकिने बताउनु भयो । उहाँले उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको बताउनु भयो । उहाँले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताउनु भयो । उहाँले सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरु सञ्चालन हुने ठाउँमा पुगेको बताउनु भयो । उद्योग मन्त्री भण्डारीले सुर्तिजन्य पदार्थहरुको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भएपनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरु सञ्चालन गरी रहेको बताउनु भयो । उहाँले छिमेकी मुलुकमा सुर्तिजन्य पिदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सुर्तिजन्य पदार्थहरुको प्रयोगलाई निरुत्साहित गर्न जरुरी छ । यसमा विभिन्न सूचना प्रकाशसन गरेर यस्ता प्रचारलाई प्राथमिकतामा राखेर यसको न्युनिकरण गर्ने कुरामा राज्यको नीति आवश्यक छ । जसमा करको कुरा आउँछ । अन्य छिमेकी मुलुकमा सुर्तिजन्य पिदार्थको उत्पादन र वितरणमा रोक लगाएको छ । करकार दरहरु परिवर्तन भएका छन् । ७५ प्रतिशतसम्म कर लाग्ने कुरा सुर्तिजन्य पदार्थ उत्पादन र प्रयोगलाई निरुत्साहित गर्ने हो । सुर्तिजन्य पदार्थहरुको प्रयोगसम्बन्धि ऐन कानून र नीतिमा अभ्यास्त बन्न सकेका छैनौं । राजश्व संकलन सबैभन्दा बढी यही क्षेत्रबाट हुन्छ । यस्ता किसिमका उद्योगहरु राज्यले नचाहेर पनि अभ्यासहरु गरिरहेका छौं । निरुत्साहित गर्ने पक्षमा मन्त्रालय गम्भिर रहेको छ । सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गरौं भन्ने कुरामा सहमत छ । कोभिड पछि नेपालको अर्थतन्त्र जुन खालको शिथिलता आएको छ ।’

‘सबैभन्दा ठूलो प्रभाव उद्योग र उत्पादन क्षेत्र हो । अर्थतन्त्र र उद्योगमा आएको संकुचन यही कारणले भयो । थलिएको अर्थतन्त्र उठाउन सकिएन । सुधारको लागि ठूला प्रयास र उथलपुथलहरु पनि गरांैं । अहिलेको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योग सञ्चालन गर्नुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । कोभिडमा मुलुक बाहिरका नेपालीहरु स्वदेशमा फर्किए । कोभिड पछि अलि बढी विदेश फर्किए । अब उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउने हो । रोजगारी सिर्जना नगरी स्वदेश फर्काउने सकिँदैन । उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको छ । उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न सकेको छैन । मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको छ । लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संसदबाट पास भएको छ । त्यसको सबैभन्दा बढी प्रभाव सेजमा देखिएको छ । सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा सरकार पुगेको थियो । आज लगानी सहजिकरण सम्बन्धि ऐन संशोधनपछि सेजका उद्योगहरु सञ्चालन गर्ने ठाउँमा पुगेका छन् ।’

उहाँले नेपाल अझै सुर्तिजन्य पदार्थहरुको प्रयोगसम्बन्धि ऐन, कानून र नीतिमा अभ्यस्त बन्न नसकेको बताउनु भयो । उहाँले सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भएपनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले कोभिड पछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठूलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा संकुचन आएको बताउनु भयो ।