१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक: उद्योगमन्त्री भण्डारी

राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक: उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले मुलुमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउन सकिने बताउनु भयो । उहाँले उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको बताउनु भयो । उहाँले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको बताउनु भयो । उहाँले सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरु सञ्चालन हुने ठाउँमा पुगेको बताउनु भयो । उद्योग मन्त्री भण्डारीले सुर्तिजन्य पदार्थहरुको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भएपनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरु सञ्चालन गरी रहेको बताउनु भयो । उहाँले छिमेकी मुलुकमा सुर्तिजन्य पिदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सुर्तिजन्य पदार्थहरुको प्रयोगलाई निरुत्साहित गर्न जरुरी छ । यसमा विभिन्न सूचना प्रकाशसन गरेर यस्ता प्रचारलाई प्राथमिकतामा राखेर यसको न्युनिकरण गर्ने कुरामा राज्यको नीति आवश्यक छ । जसमा करको कुरा आउँछ । अन्य छिमेकी मुलुकमा सुर्तिजन्य पिदार्थको उत्पादन र वितरणमा रोक लगाएको छ । करकार दरहरु परिवर्तन भएका छन् । ७५ प्रतिशतसम्म कर लाग्ने कुरा सुर्तिजन्य पदार्थ उत्पादन र प्रयोगलाई निरुत्साहित गर्ने हो । सुर्तिजन्य पदार्थहरुको प्रयोगसम्बन्धि ऐन कानून र नीतिमा अभ्यास्त बन्न सकेका छैनौं । राजश्व संकलन सबैभन्दा बढी यही क्षेत्रबाट हुन्छ । यस्ता किसिमका उद्योगहरु राज्यले नचाहेर पनि अभ्यासहरु गरिरहेका छौं । निरुत्साहित गर्ने पक्षमा मन्त्रालय गम्भिर रहेको छ । सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गरौं भन्ने कुरामा सहमत छ । कोभिड पछि नेपालको अर्थतन्त्र जुन खालको शिथिलता आएको छ ।’

‘सबैभन्दा ठूलो प्रभाव उद्योग र उत्पादन क्षेत्र हो । अर्थतन्त्र र उद्योगमा आएको संकुचन यही कारणले भयो । थलिएको अर्थतन्त्र उठाउन सकिएन । सुधारको लागि ठूला प्रयास र उथलपुथलहरु पनि गरांैं । अहिलेको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योग सञ्चालन गर्नुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । कोभिडमा मुलुक बाहिरका नेपालीहरु स्वदेशमा फर्किए । कोभिड पछि अलि बढी विदेश फर्किए । अब उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउने हो । रोजगारी सिर्जना नगरी स्वदेश फर्काउने सकिँदैन । उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको छ । उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न सकेको छैन । मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको छ । लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संसदबाट पास भएको छ । त्यसको सबैभन्दा बढी प्रभाव सेजमा देखिएको छ । सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा सरकार पुगेको थियो । आज लगानी सहजिकरण सम्बन्धि ऐन संशोधनपछि सेजका उद्योगहरु सञ्चालन गर्ने ठाउँमा पुगेका छन् ।’

उहाँले नेपाल अझै सुर्तिजन्य पदार्थहरुको प्रयोगसम्बन्धि ऐन, कानून र नीतिमा अभ्यस्त बन्न नसकेको बताउनु भयो । उहाँले सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भएपनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले कोभिड पछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठूलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा संकुचन आएको बताउनु भयो ।