१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

सडकको लापरबाहीले गैँडा म-यो : निकुञ्ज

सडकको लापरबाहीले गैँडा म-यो : निकुञ्ज
अ अ+ अ-

चितवन ।  वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।  
 
निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो । गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ ।
 
आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताउनुभयो । घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उहाँले जानकारी दिनुभयो । निकुञ्जले सडकलाई पत्र पठाउँदै छ । वन क्षेत्रमा नाली किन आवश्यक प¥यो रु सो विषयमा अध्ययन गर्न थालिएको उहाँको भनाई छ । शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो रु यस विषयमा बुझ्ने उहाँले बताउनुभयो ।
 
 उहाँले भन्नुभयो, “सडकले गर्न नहुने काम ग-यो ।” वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नालाको क्यूरिन ९पानीले भिजाउने काम० बाँकी रहेकाले खाल्डो नपुरिएको हो । त्यति नै बेला गैँडा खसेर घटना भयो ।” छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उहाँको भनाइ छ ।
 
ठेक्का लगाउँदा पुल्चोकबाट ६ किलोमिटर ८०० मिटर लम्बाइ विस्तार गर्न लागिएकोमा सो ठाउँसम्म सडक पुगेको सापकोटाको भनाइ छ । निर्माण कम्पनी इण्डो सगुन ज्वाईन्ट भेन्चरका सञ्चालक सहदेव खड्काले सडकले ठेक्का दिएअनुसार आफूहरुले काम गरेको बताउनुभयो । सो ठाउँमा माघ ४ गते निर्माणको काम गरेकाले अझैँ चार दिन पानीले भिजाउनुपर्ने भएकाले खाल्डो नपुरिएको बताउनुभयो ।
 
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले सडकको लापरबाहीको कारण १२ वर्षको भाले गैँडा मरेको बताउनुभयो । खाल्डोमा भएको रड पेटमा रोपिएर गैँडा उठ्न नसकी मरेको उहाँको भनाइ छ । पशु अधिकारकर्मीहरुले लापरबाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण यस्ता घटना समयसमयमा हुने गरेको बताएका छन् । पशु अधिकारकर्मी सुराजन श्रेष्ठले दिगो विकासका लागि प्रक्रिया पु¥याएर काम गर्नुपर्ने भए पनि वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रको सडकमा निर्माण कार्य गर्दा वन्यजन्तुमैत्री हुनुपर्ने बताउनुभयो । घटनाको अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

वन्यजन्तु ओहोरदोहोर गर्नुपर्ने क्षेत्रमा अण्डरपास (सडक मुनिबाट वन्यजन्तु हिड्ने बाटो)  र ओभरपास (सडक माथिबाट वन्यजन्तु हिड्ने बाटो) को व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निकुञ्जमा साउनयता २१ गैँडा मरेका छन् । जसमध्ये दुई चोरीशिकारीबाट मरेका हुन् भने अन्य प्राकृतिक र मानवीय लापरबाहीका कारण मरेका हुन् । रासस