१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति कोटीहोम महायज्ञ सुरु



अ+ अ-

काठमाडौँ: पशुपति कोटीहोम महायज्ञ विधिवत् रुपमा सुरु भएको छ ।

यही साउन महिनाभर सञ्चालन हुने कोटीहोम महायज्ञको आज एक कार्यक्रमकाबीचमा उद्घाटन गरिएको छ । साथमा श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ ।

कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । आज पहिलो दिन करिब पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सुरु कोटीहोम महायज्ञ उद्घाटनमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता थियो ।

सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, किरात धर्मगुरु डा चन्द्रकुमार शेर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।

उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गर्नुभएको छ । दैनिक बिहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्नुहुने आयोजकले जनाएको छ । त्यसका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ ।रासस