१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डलाई साथ दिन सकिदैन : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । 

सोमबार ओली पक्षले बोलाएको आफ्नो गुटका सांसदहरुको भेलालाई सम्बोधन गर्दै भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण  प्रचण्डलाई साथ दिन नसकेको बताएका हुन् ।

पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताए । भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गरेका छन् ।