२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

चिप्सको प्याकेट भरेर वीर्य तस्करी गर्थे आतङ्ककारी, जन्मे १०१ बच्चा

चिप्सको प्याकेट भरेर वीर्य तस्करी गर्थे आतङ्ककारी, जन्मे १०१ बच्चा
अ अ+ अ-

तेल अभिभ । प्रायः हामीले जेलबाट तस्करी भएको सुन्ने गर्छौं जसमा अवैधरूपमा जेलभित्र र बाहिर सामान ओसारपसार गरिन्छ। यसमा प्रायः हतियार, मोबाइल, पैसा जस्ता चीजहरू तस्करी गरिन्छ। तर एक आतङ्ककारीले आफू जेलमा हुँदा वीर्य तस्करी गर्ने गरेको दाबी गरेका छन् । यसका लागि उनले चिप्सका प्याकेटहरू प्रयोग गर्थे। यति मात्र होइन आतङ्कवादीले अहिलेसम्म आफ्नो शुक्रकीटले चार सन्तान जन्माएको बताएका छन् ।

प्यालेस्टिनी आतङ्कवादीको दाबी अचम्मको छ। डेलीस्टारको रिपोर्टका अनुसार यी दावीहरू इजरायलमा १५ वर्ष जेलमा रहेका आतङ्कवादी रफत अल–कारावीले प्यालेस्टिनी प्राधिकरणको टेलिभिजनमा गरेका हुन्। शरीरबाट बाहिर निस्किएपछि शुक्रकीट लामो समयसम्म बाँच्न सक्तैनन् तर अल–कारावीले जेलबाट वीर्य डोनरको नाम लेखिएको प्याकेट पठाइएको दावी गरेका छन् । आतङ्कवादीले भने, “हामी जेलको क्यान्टिनबाट वीर्य तस्करी गर्थ्यौं।”

कैदीको वीर्यबाट १०१ बच्चाको जन्म 

प्यालेस्टिनी कैदीहरूले जेल क्यान्टिनबाट आफ्नो परिवारलाई कुनै पनि पाँच वस्तु पठाउन सक्छन्। यसमार्फत शुक्रकीटले भरिएको प्याकेट बाहिर पठाइन्थ्यो । प्यालेस्टिनियन मिडिया वाचका अनुसार हालसम्म करिब १०१ बच्चाहरू यसरी जन्मिएका छन्। ती आतङ्ककारीले अल–अक्सा शहीद ब्रिगेडको सदस्य भएको दाबी गरेका छन् । उनलाई इजरायल विरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न भएको पाइएपछि सन् २००६ मा इजरायलले पक्राउ गरेको थियो ।

कसरी हुन्थ्यो वीर्य तस्करी ?

रिपोर्टका अनुसार अल–कारावीले भने, “हामीले नमूनालाई आलु चिप्स वा कुकीजको प्याकेट भित्र राख्थ्यौँ र यसलाई व्यावसायिकरूपमा सिल गर्दथ्यौँ ताकि जेल गार्ड वा इजरायली पुलिस अधिकारीहरूलाई प्याकेट खोलिएको थाहा नहोस्।” उनले थपे,“‘क्यान्टिनबाट बाहिर निस्कँदा कैदीसँग भएको झोलालाई नमूना लिन आउने कैदीबाहेक अरु कसैले छुँदैनन् । प्याकेटमा सबैको नाम लेखिएको थियो ।” परिवारले कैदीको नमूना लिएर रजान मेडिकल सेन्टरमा बेच्ने गर्दथे ।