१ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालले सरकारलाई घेराबन्दी गरेर छापामार शैलीमा अविश्वास प्रस्ताव लैजाने अनैतिक कार्य गरे –टोपबहादुर



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट सदस्यहरु सम्मिलित केन्द्रीय समितिको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा शुरुमा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सम्बोधन गर्नुभएको छ । रायमाझीले आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी  गर्ने  र पार्टी फुटाउने कार्य  गरेका कारण दाहाललाई साथ दिन नसकेको बताउनु भएको थियो ।

रायमाझीको अभिव्यक्ति पछि बैठकमा गडगडावट ताली बजेको एक सदस्यले  जानकारी दिए । आफ्नै अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव  लैजाने  यस्तो अनैतिक नेतृत्वलाई कसरी साथ दिन सकिन्छ भन्दै रायमाझीले आफनो भनाई राख्नु भएको छ । बैठकमा अन्य वक्ताहरुले आफनो घारणा राखिरहेका छन् ।