२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा यसरी मनाईयो भानु जयन्ती



अ+ अ-

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका संघ संस्थाहरु समेतको सहभागितामा नेपाली राजदूतावास बैंककमा नेपाली भाषा साहित्य कार्यक्रम आयोजना गरेको छ ।

भानु जयन्तीका अवसरमा आयोजित नेपाली भाषा साहित्य कार्यक्रम आयोजनाका लागि दूतावासका उप नियोग प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा शेखर खतिवडा, तिलक पोखरेल, भुषण सिह नेपाली श्रेष्ठ, अशोक घिमिरे, सागर श्रेष्ठ, जुलिय मगर, चम्मा डोल्मा तामाङ्ग, केशव गौतम , दिपक पराजुली सम्मिलित एक आयोजक समिति गठन गरिएको थियो।

विश्व युद्धपछि थाइल्याण्डको पिलोकमा बशोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्मारबाट विभिन्न समयमा बसाई सरी थाइल्याण्ड आएका, साथै विभिन्न कालखण्डमा नेपाल, भारत, भुटान लगायतका मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मुलका थाइ नागरिकहरू, हाल थाइल्याण्डमा काम गरी बसेका नेपाली मुलका म्यान्मारी नागरिक समेत गरी उल्येख्य संख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास गरेको अवस्था छ।

साथै, लामो समय देखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीहरू समेत नेपालीहरुको संख्या समेत केहि हजारमा रहेको अनुमान छ।

कार्यक्रममा राजदूत धन बहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र संवर्धनलाई थप प्रभावकारी बनाउने क्रममा नेपाली मुलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततीहरूलाई समेत नेपाली भाषा साहित्यका बारेमा जानकारी दिनपर्ने बताउनु भयो । उहाँले भाषा सिकाई तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानु जयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी संघ संस्थाहरू संगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने र सो कार्यका लागि राजदूतावासबाट सधै सहयोग हुने बिचार राख्नुभयो।

गैर नेपाली आवासीय संघ थाइल्याण्डका अध्यक्ष्य भविन्द्र बस्नेत, थाइ नेपाली संघका अध्यक्ष्य लक्ष्मण के.सी., भाषा साहित्य संस्थाहरुका प्रतिनिधिहरु तथा वालसाहित्यकाररकलाकार समेतको सहभागिता रहेको कार्यक्रममा राजदूतावासका उप नियोग प्रमुख प्रकाश अधिकारीले समापन मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा करिव दुई दर्जन साहित्यकारहरुले आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वाल साहित्यकारहरुलाई पुस्तक वितरण तथा करिब ७० जना सहभागिहरुलाई चियापानको ब्यवस्था गरिएको थियो ।