२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा यसरी मनाईयो भानु जयन्ती



अ+ अ-

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका संघ संस्थाहरु समेतको सहभागितामा नेपाली राजदूतावास बैंककमा नेपाली भाषा साहित्य कार्यक्रम आयोजना गरेको छ ।

भानु जयन्तीका अवसरमा आयोजित नेपाली भाषा साहित्य कार्यक्रम आयोजनाका लागि दूतावासका उप नियोग प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा शेखर खतिवडा, तिलक पोखरेल, भुषण सिह नेपाली श्रेष्ठ, अशोक घिमिरे, सागर श्रेष्ठ, जुलिय मगर, चम्मा डोल्मा तामाङ्ग, केशव गौतम , दिपक पराजुली सम्मिलित एक आयोजक समिति गठन गरिएको थियो।

विश्व युद्धपछि थाइल्याण्डको पिलोकमा बशोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्मारबाट विभिन्न समयमा बसाई सरी थाइल्याण्ड आएका, साथै विभिन्न कालखण्डमा नेपाल, भारत, भुटान लगायतका मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मुलका थाइ नागरिकहरू, हाल थाइल्याण्डमा काम गरी बसेका नेपाली मुलका म्यान्मारी नागरिक समेत गरी उल्येख्य संख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास गरेको अवस्था छ।

साथै, लामो समय देखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीहरू समेत नेपालीहरुको संख्या समेत केहि हजारमा रहेको अनुमान छ।

कार्यक्रममा राजदूत धन बहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र संवर्धनलाई थप प्रभावकारी बनाउने क्रममा नेपाली मुलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततीहरूलाई समेत नेपाली भाषा साहित्यका बारेमा जानकारी दिनपर्ने बताउनु भयो । उहाँले भाषा सिकाई तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानु जयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी संघ संस्थाहरू संगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने र सो कार्यका लागि राजदूतावासबाट सधै सहयोग हुने बिचार राख्नुभयो।

गैर नेपाली आवासीय संघ थाइल्याण्डका अध्यक्ष्य भविन्द्र बस्नेत, थाइ नेपाली संघका अध्यक्ष्य लक्ष्मण के.सी., भाषा साहित्य संस्थाहरुका प्रतिनिधिहरु तथा वालसाहित्यकाररकलाकार समेतको सहभागिता रहेको कार्यक्रममा राजदूतावासका उप नियोग प्रमुख प्रकाश अधिकारीले समापन मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा करिव दुई दर्जन साहित्यकारहरुले आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वाल साहित्यकारहरुलाई पुस्तक वितरण तथा करिब ७० जना सहभागिहरुलाई चियापानको ब्यवस्था गरिएको थियो ।