• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि



काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उहाँका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो ।

श्रद्धाञ्जलि कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्रीको सचिवालयका सदस्य, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिति थियो । माओवादी नेत्री सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेत्री सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गर्नुभयो । नेत्री दाहाल माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । विसं २०५२ देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी हुनुभएको थियो ।