४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अक्षमता किन बोक्दैछन् देउवा ?



अ+ अ-

काठमाडौं । विसं २०५८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे र ताजा जनादेशमा जाने घोषणा गरे । तर त्यस निर्णयमा पार्टी सहमत थिएन । पछि यही घटनाले नेपाली काँग्रेसमा विभाजन नै आयो । आफ्नो पार्टीबाट एक्लिँदा कमजोर बनेको मौका छोपेर तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोजमा देउवालाई नै असक्षम घोषणा गरे र सत्ताबाट विदा दिए । पछि विस्तारै ज्ञानेन्द्रले शक्ति हातमा लिए र घरी लोकेन्द्रबहादुर चन्द त कहिले कस्लाई प्रधानमन्त्री बनाएर विश्वकै उत्कृष्ट भनिएको २०४७ सालको संविधानको धज्जी उडाए ।

तर घाटा त सबैभन्दा बढी देउवालाई नै भयो । उनले विघटन गरेको प्रतिनिधिसभा पछि निर्वाचन भएन । बरु पछि मात्र पुनःस्थापना भयो । देउवाले चुनाव गर्न नसके पनि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्री नियुक्त त गरे तर फेरि पनि तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गते देउवालाई हटाए । उनले यसरी हटाए कि फेरि पनि देउवालाई नै निर्वाचन गर्न असक्षम देउवा भनेर सम्बोधन नै गरे । त्यसपछि भने राजाले प्रत्यक्ष शासन नै सुरु गरे र कीर्तिनिधि विष्ट र तुलसी गिरिलाई मन्त्रीपरिषदको उपाध्यक्ष बनाए ।

यसरी एक पटक प्रतिनिधि सभा विघटन गरेका देउवा चुनाव गर्न नसकेको भनेर पटक पटक असक्षम घोषित हुनपुगे । देउवालाई उक्त घटनाले लामो समयसम्म राजनीतिक धक्का लाग्यो । त्यसपछिका दिनमा पार्टीभित्र र बाहिर सबैतिर नै देउवाका अगाडि असक्षम भन्ने पगरी नै गुथाइयो । हुनत नेपाली राजनीतिमा देउवालाई भाग्यमानी मात्र मानिन्छ, तर तर जति पटक उनी सत्तामा पुग्यो त्यति नै सबैभन्दा बढी आलोचक देउवा नै हुन्छन् । अघिल्लो कार्यकालमा पनि पार्टी बाहिर सुशिला कार्कीलाई महाअभियोग लगाएका कारण आलोचना खेपेका देउवाले पार्टीभित्र भने संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दलको हैसियत भन्दा पनि काँग्रेस तल परेकाले ठूलो आयोचना सहनुपर्यो ।

अहिले मुलुकको बागडोर देउवाका हातमा छ । उनी प्रधानमन्त्री हुँदा चुनावलाई पछि धकेल्न खोजिदैछ । यसका लागि ऐन संशोधनको कुरा हुँदैछ । आगामी जेठमा स्थानीय निकाय खाली हुदैछन् । अब चुनावको तारतम्य मिलाउनुपर्ने हो । अब मिति घोषणा गरिसक्नुपर्ने हो । तर खोइ किन हो त्यसो हुन सकिरहेको छैन । बरु चुनाव सार्ने प्रपञ्चका पक्षमा काम भइरहेको छ ।

निर्वाचित निकाय विहिन बनाएर देशलाई लान खोज्दा अर्को संकटको खतरा पनि छ । देउवा अहिले प्रचण्डको रणनीति अनुसार चुनाव अर्को फागुनसम्म धकेल्न खोज्दैछन् । चुनाव जति धकेल्यो उति लामो समय प्रधानमन्त्री बन्न पाइने देउवाको बुझाई हुनसक्छ । तर, संविधान अनुसार समयमै चुनाव नगर्दा देउवाले राजनीतिमा अर्को अक्षमताको ट्याग भिर्नुपर्ने परिस्थिति बन्न सक्छ । प्रचण्डले यसमा पनि रणनीतिक चार्तुयता देखाइरहेका छन् ।

प्रचण्ड अहिले देउवाको हातबाट ओलीलाई कमजोर बनाउने खेलमा छन् । त्यतिबेला देउवा निकै कमजोर या आलोचित भइसकेको हुनेछन् । यदि निर्वाचन नगर्नकै लागि संविधान संशोधनको बाटोमा लाग्ने हा भने त्यतिबेला देउवालाई पार्टीभित्र र बाहिरबाट ठूलो आलोचनाका कारण निकै कमजोर बनाएको हुनसक्छ । त्यसपछि त आफ्नो पक्षमा शक्ति सञ्चयमा सजिलो हुने खेलमा प्रचण्ड लागेका छन् । लामो समय सत्ताबाट टाढा राखेर ओलीलाई कमजोर पार्ने र राजनीतिक शक्ति आर्जन गर्ने उनको रणनीति सफलतातर्फ बढिरहेको देखिन्छ । यसले प्रचण्डलाई केही हदसम्म फाइदा पुगेपनि देउवा र सिंगो कांग्रेसलाई भने कमजोर नै बनाउनेछ । 

आआफ्ना गुट चोइट्याएर नयाँ सरकार बनाएका प्रचण्ड र माधव नेपाललाई अहिले जनताले दण्ड दिने डर छ । त्यसो त अबको पहिलो चुनाव एकले अर्कालाई देखाइदिने लाइनमा जाने निश्चित भएकाले ओलीलाई पनि सहज भने छैन । तर पनि कम्तीमा एउटा चुनावमा एक्ला एक्लै जनतामा जाने निर्णय नै यदि काँग्रेसबाट भयो भने त्यसले आफ्नो हैसियत देखिने डर प्रचण्ड माधवमा बढी नै देखिन्छ । कथं ओलीले भनेजस्तै कम्तीमा एउटा चुनावमा काँग्रेसले यी दुईलाई औँला दिएन भने प्रचण्ड माधवको बेहाल हुने निश्चितै छ ।

काँग्रेससँग मिलेरै जाने भए पनि स्थानीय चुनावमा त्यो सम्भव छैन । यो कुरा प्रचण्डले बुझेकै छन् । त्यसैले पनि उनी आफ्नो हैसियत देखिएला भन्ने डरले उनले कहिले पहिला संसदको निर्वाचन गर्ने कुरा गर्छन् भने कहिले स्थानीय निर्वाचन सार्न । त्यसैले प्रचण्ड माधवहरु कहिले संसदको निर्वाचन पहिला गरौँ भन्छन् त कहिले स्थानीय निर्वाचन केही पर सारौँ भन्ने गर्छन् । 

धेरै भयो प्रचण्ड छट्पटाएको छ । उनको यो रापताप सबैलाई थाहै छ । किनभने उनको पार्टी पहिलेजस्तो स्थानीयस्तरसम्म छैन, भत्किसकेको छ । उनलाई आफ्नै कार्यकर्ता तथा नेतासँग पनि विश्वास नभएरै हो आफैले राष्ट्रिय सम्मेलन भनेर बोलाएर रातारात महाधिवेशनमा परिणत गरेको । उनले रातारातको महाधिवेशन यसरी सके कि केन्द्रीय समिति या पदाधिकारी नबनिकनै आफूले आफैलाई पार्टी अध्यक्ष चयन गर्न लगाए । पार्टीको अध्यक्षपछिको शक्तिशाली महासचिवमा उनले अझै कसैलाई चयन गर्न सकेका छैनन् । यस्तो अवस्थामा चुनावामा हिँडेका प्रचण्डलाई काँग्रेसले औँला नदिने हो भने कसरी पार लाग्लान् ? 

तर दुःखद कुरा त यो छ कि प्रचण्डको यो अक्षमता बोक्न किन तयार छन् देउवा ? देउवा जस्तो प्रजातान्त्रिक पार्टीका सभापति र देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्रीजस्ता व्यक्ति यसरी संविधान नै संशोधन गरेर निर्वाचन सार्न किन उद्धत भए ? कम्युनिष्टहरु फुटेर छिन्नभिन्न भएको यो अवस्थामा आफू बलियो छँदाछँदै फेरि चुनाव सार्नेजस्तो अलोकप्रिय काम देउवाले किन गर्नुपर्यो ? निर्धारित समयमै स्थानीय निर्वाचन नगरेर पर धकेल्दा विगतमा जस्ता अनेक तरहका अक्षमताहरु देउवालाई नआइलाग्न भनेर कसरी भन्न सकिन्छ ? यसरी प्रचण्डको अक्षमता बोक्न देउवा तयार हुँदा पनि पार्टीलाई पर्ने क्षतिको बारेमा अरु नेता कार्यकर्ताहरु किन बोल्दैनन् ? सधैँ बोलि नै रहने दुई महामन्त्री गगन विश्वप्रकाश अहिले कहाँ छन् ? कि उनीहरु पनि प्रचण्डको अक्षमता बोक्न तयार पो भएका हुने कि ?