• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सुटिङका ​​क्रममा गम्भीर घाइते भइन् उर्वशी



एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेला हैदरावादमा फिल्मको सुटिङका ​​क्रममा गम्भीर घाइते भएकी छन् ।

उनको हात भाँचिएको थियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियो ।

उर्वशी हैदराबादमा नन्दमुरी बालकृष्णको आगामी तेलुगु फिल्म एनबीके १०९ को सुटिङ गरिरहेकी थिइन् । यो फिल्मको एक्शन सिक्वेन्सको सुटिङका ​​क्रममा उनी गम्भीर घाइते भएकी हुन् ।

यतिबेला उनी चोटका कारण निकै चिन्तित रहेको अभिनेत्रीको टोलीबाट बताइएको छ । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । उनी पूर्ण रुपमा निको भएपछि फेरि सुटिङ सुरु गर्नेछिन् ।

यो फिल्म तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको १०९ औं फिल्म हो । त्यसैले फिल्मको अस्थायी शीर्षक ‘एनबीके १०९’ राखिएको छ । फिल्मको छायांकन नोभेम्बर २०२३ बाट सुरु भएको थियो । यसमा बबी देओल, प्रकाश राज र दुल्कर सलमान पनि छन् । जहाँ नन्दमुरी बालकृष्ण मुख्य भूमिकामा छन् । यो चलचित्रलाई बबी कोल्लीले निर्देशन गर्दैछन् ।