१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ कृति विमोचन

सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ कृति विमोचन
अ अ+ अ-

काठमाडौँ: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरुबीच साझा दृष्टिकोण आवश्यक भएको बताउनुभएको छ ।

अमेरिका निवासी सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ नामक कृतिको विमोचन गर्दै उहाँले दिगो विकाससहित राष्ट्र निर्माणमा सबै राजनीतिक दल जिम्मेवारीताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले राष्ट्र निर्माणका लागि चैतन्य विवेक, सकारात्मक सोच र रचनात्मक कार्यका लागि शिक्षाप्रणालीलाई समयसापेक्ष बनाएर लैजानुपर्ने अपरिहार्यता रहेको बताउनुभयो । उहाँले अमेरिकामा सपना साकार पार्न सङ्घर्ष, सफलता र उत्प्रेरणाको गाथा बोकेको पुस्तक समेटिएको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ पठनीय र सङ्ग्रहनीय भएको बताउनुभयो । उहाँले अमेरिकालाई जुन दृष्टिकोणबाट हेरिए पनि विधिको शासन, मूल्य प्रणालीको अवसर देश  भएको भन्दै त्यहाँको समुन्नत र समृद्ध विकासलाई नेपालले आत्मसात् गर्न सक्नुपर्छ भन्नुभयो ।

पूर्वराजदूत प्राडा जयराज आचार्यले ‘सपना र यथार्थमा अमेरिका’ अत्यन्तै उपयोगी र सूचनामूलक भएको बताउनुभयो । प्राडा सुरेन्द्र केसीले मुलुक निर्माणमा चेतनशील आम युवाहरु सक्रिय हुन जरुरी रहेको भन्दै विमोचित कृतिले अमेरिकी जीवनको वास्तविकता, अवसर र सङ्घर्षलाई समेटेको बताउनुभयो ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अमेरिका पुग्ने युवाको मोह, सङ्घर्ष र सफलताका तमाम विषयलाई पुस्तकले उल्लेख गरेको बताउनुभयो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सबै नेपाली युवाले पढ्नैपर्ने उपयोगी पुस्तक बजारमा आएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तारा बरालले अमेरिकी समाज, आप्रवासीका समस्या, विधिको शासन, विकास र प्रविधि, रोजगारीको अवसरलगायत विषयलाई पुस्तकले समेटेको बताउनुभयो । पुस्तकका लेखक सिलवालले प्रवासी जीवनका सङ्घर्ष र सफलताका कथालाई पुस्तकमा उजागर गरेको बताउनुभयो ।रासस