१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिवमा स्वाभाविक दाबेदार: नेता पुन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफ्नो दावेदारी रहने बताउनु भएको छ । चीनमा उपचार गरी आज साँझ काठमाडौँ ओर्लनु भएका नेता पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताउनुभयो । आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टी भित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताउनुभयो । 

यो पनि पढ्नुहोस – चीनबाट वर्षमानको फोन, मलाई नभए शक्ति बस्नेतलाई महासचिव

नेता पुनले भन्नुभयो ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’ यस्तै नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारिमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने पनि बताउनु भयो ।   नेता पुनले भन्नुभयो ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’ 

झण्डै ४ महिना लामो उपचार सकेर नेता पुन आज साँझ  नेपाल फर्किनुभएको हो । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत अशोज १३ गते थाईल्याण्डको बैंकक जानुभएको थियो । बैंकक पछि थप उपचारको लागी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।