२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उहाँले दलाल पुँजीवादको संज्ञा दिनुभयो ।

उहाँले नेपाली काँग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उहाँले काँग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुन:गठनको प्रक्रिया शुरुवाता हुने बताउनु भयो ।