२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला



अ+ अ-

केपटाउन । दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् ।

स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स नदी नजिकैका केही ढिस्का ३४ हजार वर्ष पुरानो भएका रेडियोकार्बनले अनुमान गरेको छ ।

अध्ययनको नेतृत्व गरेका विश्वविद्यालयको माटो विज्ञान विभागका वरिष्ठ प्राध्यापक मिचेल फ्रान्सिसले भन्नुभयो “ती पुराना थिए भन्ने हामीलाई थाहा थियो तर त्यति पुरानो थिए भन्ने कल्पना गरिएको थिएन ।” उहाँको शोधपत्र मे महिनामा प्रकाशित भएको थियो ।

फ्रान्सिसका अनुसार ती ढिस्काहरू मांसाहारी विलुप्त समूहको कुनै एक सदस्य घुमाउरो दाँत भएका बिरालो प्रजातिका जङ्गली जनावर ९साबर–टुथ क्याट० र अफ्रिका, यूरोप, एशिया, र उत्तर अमेरिकामा मायोसिन युगदेखि करिब चार हजार बर्षअघिसम्म अस्थित्वमा रहेका विभिन्न प्रजातीका बाक्लो ऊनले ढाकेको शरीर भएका ९उली म्यामथ० पृथ्वीका अन्य भागहरूमा घुमिरहेका समय अथवा युरोप र एसियाका अधिकांश भागहरू हिउँले ढाकिएको समय बनेका अनसन्धानबाट थाहा हुन आएको छ । ती ‘धमिरोका ढिस्को’ हरू युरोपका केही प्रारम्भिक गुफा चित्र कोरिनुभन्दा भन्दा पहिलेका थिए ।

लाखौं वर्ष पुरानो केही जीवाश्मीकृत धमिराको ढिस्कोहरू पनि पत्ता नलागेका होइनन् । यो अध्ययनभन्दा पहिले अहिले पनि धमिरा भेटिएका सबैभन्दा पुरानो ढिस्को ब्राजिलमा फेला परेको थियो र यो करिब चार हजार वर्ष पुरानो थियो । तिनीहरू अन्तरिक्षबाट देखिन्छन् ।

फ्रान्सिसका अनुसार नामाक्वाल्याण्डको ढिस्को ‘अपार्टमेन्ट कम्प्लेक्स’को धमिराको संस्करण हो र प्रमाणले ती धमिराका बस्तीहरूले त्यहाँ लगातार ‘धमिराको उपनिवेश’ हरू बसोबास गर्दै आएको देखाउँछ ।

धमिराकोे ढिस्को नामाक्वाल्याण्ड परिदृश्यको एक प्रसिद्ध विशेषता हो र कसैले पनि उनीहरूको प्राचिनताका बारेमा शङ्का गरेको थिएन तर जव तिनीहरूको नमूना रेडियोकार्बन डेटिङको लागि हङ्गेरीमा विशेषज्ञहरूको अध्ययनका लागि पठाइयो यो निकै पूरानो भएको पुष्टि भएको छ ।

फ्रान्सिसले भन्नुभयो, “त्यहाँ वरपरका मानिसहरूलाई यी विशेष, प्राचीन परिदृश्यहरू हुन् र त्यहाँ संरक्षित छन् भन्ने कुरा थाहा छैन ।”

अफ्रिकी भाषामा ‘ह्युवेल्ट्जी’ अर्थात् सानो पहाड भनेर चिनिने केही ठूला थुम्काहरू लगभग १०० फिट ९३० मिटर० चौडा हुन्छन् । त्यहाँ धमिराकोे गुँड १० फिट गहिरो जमिनमुनिसम्म रहेको छ ।

फ्रान्सिसले भन्नुभयो, “अनुसन्धानकर्ताहरूले नमूना लिनका लागि सावधानीपूर्वक ढिस्कोको केही भागहरू उत्खनन गर्न आवश्यक थियो । यसका लागि जब ढिस्कालाई भत्काइयो धमिराहरूले ‘आपतकालीन अवस्था’ को सामना गर्दै प्वालहरू भर्न थाले ।”

टोलीले ढिस्कालाई अफ्रिकामा पाइने जमिनमुनि बस्ने जनापर आर्डवार्क जस्ता शिकारीहरूबाट सुरक्षित राख्न ढिस्कोहरू पूर्ण रूपमा पुनर्निर्माण गरेको छ ।

फ्रान्सिसका अनुसार यो परियोजना पुरातन संरचनाको आकर्षक दृश्य मात्र होइन । यसले प्रागऐतिहासिक जलवायुको एक झलक पनि प्रस्तुत गरेको छ । यसबाट नामाक्वाल्याण्ड धमिराले ढिस्कोहरू बनाउने बेलामा धेरै ओसिलो ठाउँ थियो भन्ने पुष्टि हुन्छ ।

यी धमिराहरू रूखका सुकेका हाँगा र अन्य मृत काठहरू सङ्कलन गरेर र यसलाई माटोको गहिराइमा राखेर कार्बनलाई भण्डारण गर्न माहिर मानिन्छन् । यसले वायुमण्डलमा उत्सर्जित कार्बनको मात्रा घटाएर जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ ।

धमिराको उत्पत्ति माटोको लागि पनि राम्रो हुन्छ । थोरै वर्षा हुने क्षेत्रमा धमिराकोे ढिस्कोको टुप्पोमा जङ्गली फूलहरूको थुप्रो फुल्छ ।

फ्रान्सिसले जलवायु परिवर्तन, दिगो पारिस्थितिकीय प्रणाली र कृषि अभ्यासमा सुधारका लागि पनि उनीहरूले प्रदान गर्ने पाठलाई ध्यानमा राख्दै धमिराकोे ढिस्कोमा थप अनुसन्धान गर्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “धमिराहरूले ढिस्कोमा के गरेका छन् भनेर हामीले राम्रो तयारी पछि अध्ययन गरेका थियौँ । तिनीहरू धेरै पट्यारलाग्दा क्षण पनि थिए ।”