१९ आश्विन २०८१, शनिबार
,
Latest
तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरले निर्णय विपरित रकम बाँडेको उजुरी परेपछि प्रमुख महर्जनलाई सोधपुछका लागि बोलाउन अख्तियारले पत्र काटेको हो ।

महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ ।