१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै



अ+ अ-

काठमाडौं । सहमतिको प्रयास सार्थक हुन नसके नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमाल नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंमा जारी महाधिवेशनमा आज निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन् । उनले नेतृत्वका लागि ‘युवाको साथमा अनुभवी नेतृत्व’ नारा अघि सारेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्वपूर्ण भएको दाबी गर्दै उनी अध्यक्षमा दोहोरिन चाहेका हुन् । उनले आफ्नो दाबेदारीलाई ‘विद्रोहको मर्म र भविष्यको आशाले प्रेरित हाम्रो यात्रा’ भनेका छन् ।

महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । उनले ‘यथास्थितिलाई अन्त्य गरौं, नौलो इतिहास कायम गरौं’ सन्देशसहित प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

नेपाल र भुसालले अध्यक्षका लागि दाबी गरिरहँदा अन्य नेताहरूको जोड भने नेतृत्व सर्वसम्मत गर्नेमा छ ।

महाधिवेशनमा सहभागी १ हजार ८ सय प्रतिनिधिबाट छानिएका अधिकांश टोली नेताले विद्रोहपछि पहिलो पटक भएको पार्टी महाधिवेशनमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच सहमति गरी नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

यसैबीच नेकपा एकीकृत समाजवादीको महाधिवेशनले समाजवादी कार्यक्रमसहितको कार्यदिशा पारित गरेको छ । महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई समाजवादी कार्यदिशालाई अभिन्न अंग बनाएर राजनीतिक दस्ताबेज पारित गरेको हो ।