१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

मानवसेवा आश्रमको डीपीआर तयार, निर्माण अगाडी बढाउन काठमाण्डौबाट नागार्जुनलाई फाइल हस्तान्तरण

मानवसेवा आश्रमको डीपीआर तयार, निर्माण अगाडी बढाउन काठमाण्डौबाट नागार्जुनलाई फाइल हस्तान्तरण
अ अ+ अ-

काठमाण्डौ । काठमाण्डौ जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि काठमाण्डौ जिल्लामा निर्माण हुने शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको डीपीआर तयार भएको छ । नागार्जुन नगरपालिका (६ मा बन्ने भवनको अबको निर्माण प्रक्रियालाई अगाडी बढाउन डीपीआर डिजाइन गरिरहेको काठमाण्डौ महानगरपालिका अन्तर्गतको शहरी योजना आयोगले नागार्जुन नगरपालिकालाई उक्त डीपीआर डिजाइन सहितको फाइल हस्तान्तरण गरेको हो ।

उक्त फाइल काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख एवं शहरी योजना आयोगका अध्यक्ष विद्यासुन्दर शाक्यज्यूले नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतज्यूलाई हस्तान्तरण गर्नुभएको हो । उक्त निर्माण हुने भवनको सम्पूर्ण लगानी काठमाण्डौ महानगरपालिकाले गर्ने र त्यसको व्यवस्थापन नागार्जुन नगरपालिकाले गर्नेछ । भवन निर्माण पश्चात सडकमानवको व्यवस्थापनका लागि भवन मानवसेवा आश्रमले सदुपयोग गर्नेछ ।

भवन निर्माणका लागि अनुमानित ११ करोडको लागत रहेको छ भने १८० जना सहयोगापेक्षी व्यक्तिहरु उद्धार गरि व्यवस्थापन गर्नका लागि २५ जना सेवामा रहने टिमको आवासीय सुविधा भवनमा रहनेछ । कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गीज्यू, नागार्जुन नगरपालिकाका योजना शाखा प्रमुख नारायण तिमिल्सिनाज्यू, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यू लगायतको उपस्थिति रहेको थियो ।

हाल मानवसेवा आश्रमले काठमाण्डौ महानगरपालिका ( २६, सामाखुसी र नागार्जुन नगरपालिका ( १, रानीबनबाट २०५ जनाको संरक्षण गरिरहेको छ भने देशका सातै प्रदेशको १७ जिल्लाका २४ स्थानहरुबाट १६०० बढीको संरक्षण गरि देश भरि नै सेवा प्रदान गरिरहेको छ ।