• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने ★   राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए ★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध



प्रतिकात्मक तस्बिर

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् ।

यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुट्टा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताउनुभयो ।

नगर प्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ । आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय ज्ञानेन्द्र मगरले बताउनुभयो । रासस