२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार हुने सूचीमा नेपाल ११७औँ स्थानमा



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल ११७औँ स्थानमा रहेको छ । गत वर्ष पनि नेपाल सोही स्थानमा थियो । मङ्गलबार जर्मनीमा ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार भ्रष्टाचार हुने मुलुकमा नेपाल ११७औँ स्थानमा परेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार हुने १८० देशको सूची सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने विज्ञप्तिमार्फत जनाएको छ ।

डेनमार्क, फिनल्याण्ड र न्युजिल्याण्ड कूल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको रिपोर्टमा उल्लेख छ । त्यस्तै दक्षिण सुडान सबैभन्दा कम ११ अङ्क पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहे पनि नेपाललाई भने सन् २००४ देखि सूचीमा राखेको हो ।

 




भर्खरै